मिसन पत्रकारिता आवश्यक

बुटवल, कार्तिक २५ गते ।परिवर्तनको हिस्सेदार पत्रकारिता भएको सञ्चारकर्मीहरुले बताएका छन् । गणतान्त्रिक व्यवस्था ल्याउन मिसन पत्रकारिताको हात रहेको बताउंदै यो व्यवस्था बचाउन पनि पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए । 

पत्रकार वालकृष्ण चापायाईंले शनिबार बुटवलमा आयोजना गरेको परिवर्तित सन्दर्भमा मिडिया मिसन विषक कार्यक्रममा बोल्ने वक्ताले गणतान्त्रिक व्यवस्था बचाउन र समाजमा देखिएका अराजकताविरुद्व फेरी पनि मिसन पत्रकारिता आवश्यक रहेको बताए । उनीहरुले राजनीतिक दल र दलका नेताहरुमाथि जनतामा वितृष्णा बढेको बताउंदै राजनीतिक नेतृत्व असफल भएको बताए ।

गणतान्त्रिक व्यवस्था ल्याउन लडेकाहरुबाटै अहिलेको व्यवस्था संकटमा परेकोसमेत उनीहरुको तर्क छ । उनीहरुले पत्रकारितालाइ विश्वासनीयता र जवाफदेही बनाउन आग्रह गरेका छन् । आर्थिक मन्दीले मिडियाहरु सबै भन्दा बढी संकटमा परेकाले मिडियामा लगानी बढाउन मिडिया सञ्चालकहरुलाई उनीहरुले आग्रह गरेका छन् । सामाजिक सञ्जालहरु अराजक ढंगले प्रस्तुत भएको बताउंदै उनीहरुले फेसबुके मिडियाबाट मुलधारका मिडिया जोगाउनु पर्ने बताए ।

सोही कार्यक्रममा बोल्दै पे्रस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले लोकतन्त्र खतरामा परेको बताए । राजनीतिक पार्टीहरुले लोकतन्त्रलाई संस्थागत गर्न नसकेको बताउंदै उनले भने – लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।
संविधान सभा सदस्य नजिर मियांले मिडियाका कारण मुलुकमा परिवर्तन सम्भव भएको बताउंदै परिवर्तनलाई संस्थागत गर्न मिडियाको भूमिका महत्वपूर्ण हुने बताए ।

पत्रकार डाक्टर बालकृष्ण चापागाईले नयां शीराबाट आन्दोलनका रुपमा मिसन पत्रकारिता आवश्य रहेको बताए ।

पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डिआर घिमिरेले राजनीतिक नेतृत्व असफ भयो भनेर गाली गर्दै हिड्न नहुने बताउंदै अब नयां पुस्ताका कमीकमजोरी पनि खोज्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष मोहन चापागाई, शेरबहादुर केसी, मिडिया सञ्चालक गोविन्द खनाल,पत्रकार कुलमणी ज्ञवाली, भरत केसी, श्यामलाल पोखरेल, अमृता अनमोल, लेखक मनिकर कार्की, युवराज कंडेल, माधव पौडेल, शंकर पोखरेल, रामकुमार क्षेत्री, टंक सुनार, कृष्ण भुसाल, यमलाल मरासिनी, गणेश घिमिरे लगायतले बोलेका थिए ।

पत्रकार डाक्टर बालकृष्ण चापागाईको अध्यक्षता र लेखक ऋषि आजादको सञ्चालनमा कार्यक्रम भएको थियो ।