नेकपाका महासचिव र प्रवक्ता भूकम्प प्रभावित क्षेत्रमा राहत बाड्दै

बुटवल, कार्तिक २५ गते । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र पार्टी प्रवक्ता प्रकाण्ड झण्डै एक करोड बराबरको राहत सामग्री लिएर कन्टेनरसहित भुकम्प प्रभावित क्षेत्र जाजरकोट गएका छन् । उनीहरु शुक्रबार साझ शुक्रबार सांझ जाजरकोट पुगेका छन् ।

गत कार्तिक १७ गते शुक्रबार राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट पींडित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा राहत वितरण, प्रभावित क्षेत्रको अनुगमन तथा निरीक्षण र विपत्तिमा परेका जनतासंग भेटघाटका लागि महासचिव विप्लव एवं पार्टी प्रवक्ता प्रकाण्ड सी भुकम्प प्रभावित क्षेत्रमा गएको पार्टी निकट पत्रकार संगठनका संस्थापक केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी गराएका छन् ।अन्य दलका उपल्लो तहका नेताहरू हेलिकप्टर लिएर गएपनी महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड भने स्थलमार्ग हुदै राहतका लागि भूकम्प प्रभावित क्षेत्रमा गएका हुन् ।

नेकपा उपत्यका ब्युरो, पूर्वी ताम्सालिङ्, अखिल क्रान्तिकारी, गणतान्त्रिक खेलकुद महासंघ, अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारी, नेकपा मकवानपुर, नेकपा चितवन, नेकपा रुपन्देही, नेकपा कपिलवस्तु, लगायतका पार्टी एवम् जवस मार्फत संकलन गरिएको राहत सामाग्री व्यवस्थापन गर्दै गत बिहीबार राति केन्द्रीय कार्यलय कपिलवस्तु शिवगढीमा आईपुगेका थिए । कपिलवस्तुमा पार्टीले उत्पादन गरेको थप चामलसमेत भूकम्प पीडितका लागि लगिएको छ । यस्तै नेकपाले दाङ, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, बर्दिया लगायतको जिल्लामा संकलित राहत सामग्रीसमेत प्रभावित क्षेत्रमा लगिएको छ ।

महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले शनिबार जाजरकोट र रुकुमका प्रमुख जिल्ला अधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरु एवम् पार्टीका स्थानीय नेताहरूहरुसंग सल्लाह र सुझावका आधारमा आवश्यक ठाउंमा राहत बाडिने छ । राहतमा सामग्रीमा कम्मल, बल्याङकेट, डसना, त्रिपाल, लगाउने कपडाहरु जस्तै ज्याकेट, जुता, ट्रयाक लगायतका अन्य छन् भने खाद्यान्नमा चामल, तेल, नुन, चिउरा, बिस्कुट, केही औंषधी, भाडाकुंडा लगायतका सामग्री छन् ।

 

महासचिव विप्लवले आफूसंगै चिकित्सकको टिमसहित घाइतेको भेटघाट तथा मेडिकल सहजीकरण गर्ने कार्यक्रम बनाएका छन् ।महासचिव विप्लव र प्रकाण्डको टिमसंगै बरिस्ठ चिकित्सक टीका कडेलको टिम भूकम्प प्रभावित क्षेत्रमा छ । यस अगाडी नै घाइतेको उपचारका लागि डाक्टर प्रकाश सी, पिताम्बर सी, मान्यता सी, नक्षेत्र सी लगायतको टोली जाजरकोटमा खटिएको छ ।

उद्वार तथा आधारभूत पुनर्निर्माणका लागि नेकपाले झण्डै डेढ सय नेता कार्यकर्ता नियमित परिचालन गरिरहेको छ । अभियान टिमले राहत वितरण, उद्वार, स्वास्थ उपचार तथा आधारभूत अस्थायी संरचना बनाउन सक्रियता पूर्वक लागिरहेका छन् । जाजरकोटमा नेकपा केन्द्रीय सदस्य संगम सी र रुकुममा केन्द्रीय सदस्य सवीन सी लगायतका नेताहरू निरन्तर राहत वितरण, उद्वार र आधारभूत पुनर्निर्माणमा लागिरहेका छन् ।

 

जाजरकोट र रुकुमको भुकम्प पिडितलाई राहत सामग्री र भेटघाटपछि महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड सल्यानका भुकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्न जाने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ ।