नेपालमा टिकटक बन्द हुने

काठमाडौं, कार्तिक २७ गते । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन ।

पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेकाले सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन ।

सरकारका प्रवक्ता रेखा शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाली क्यालेण्डरमा नेपाल सम्वतलाई पनि विक्रम सम्वत जस्तै गरेर उल्लेख गर्ने निर्णय पनि गरेको छ ।