सहकारीका अध्यक्ष माधव देवकोटा र एक महिलाको सडक दुर्घटनामा मृत्यु

बुटवल, मंसिर ४ गते । रुपन्देहीको शंकरनगर निवासी सहकारी अभियान्ता माधव देवकोटाको सडक दुर्घटनामा परी निधन भएको छ । सोमबार दिउंसो

देवकोटालाई तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिएको थियो । प्रत्यक्षदर्शीका अनुसार देवकोटाको घटनास्थलमै निधन भएको हो । तिलोत्तमामा सञ्चालित तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रिय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सन्चालक हुन् ।

देवकोटा सवार मोटरसाईकललाई पछाडीबाट ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । देवकोटासंगै तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको निधन भएको प्रहरीले जनाएको छ ।

लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा सवार गरी देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघलले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जांदै गरेको अवस्थामा दुर्घटनामा परेको बताईउको छ ।
मृतक महिलाको परिचय खुलेको छैन । मृतक दुवैको सव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ ।