लुम्बिनीमा मिलेन भागबण्डा, सरकार अधुरै


बुटवल, मंसिर ४ गते । लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन । लुम्बनीमा मन्त्रालय थपेरै भएपनि सरकार विस्तार गर्नुपर्ने माओवादी केन्द्रको प्रस्तावलाई कांग्रेसका नेताहरूले स्वीकार नगरेपछि बैठक विनानिष्किर्ष टुंगिएको हो । शीर्ष नेताहरुको बैठक दाङको तुलसीपुरमा आइतबार र सोमबार बसेको हो ।

६ महनिादेखि माओवादीबाट मन्त्री बन्ने नेताहरू कांग्रेसका कारण रोकएिको भन्दै माओवादी नेताहरूले प्रश्न उठाएपछि शीर्ष नेताहरू मिलाउन बैठक बसेका थिए । भागबन्डा अनुसार दुवै दल टसमस नभएको र कांग्रेस प्रदेश सभापती अमरसिंह पुन मन्त्रालय थप्ने विषयमा सहमत नभएपछि कुनै टुंगो नलागेको बैठकमा सहभागी एक नेताले बताए ।
सरकार विस्तारको गांठो फुकाउन माओवादी केन्द्रका उपमहासचवि वर्षमान पुन, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापती अमरसिंह पुन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, माओवादी संसदीय दलका नेता जोखबहादुर महरा, माओवादी नेतृ ओनसरी घर्तीसहतिको टोली दुई चरणमा बैठक बसेपनि बैठकबाट कुनै निर्णय हुन सकेन ।

सरकार बस्तिारबारे बसेको शीर्ष नेताहरूको बैठकमा कुनै सहमती नजुटेको कांग्रेस प्रदेश सभापती अमरसंिह पुनले बताए । मन्त्रालय थपेर जाने वषियमा हाम्रो सहमती नभएपछि बैठक विनानिष्कर्ष टुंगीएको कांगे्रस सभापती पुनले बताए ।
लुम्बिनी प्रदेशमा अहिले ७ सदस्यीय मन्त्री मण्डल रहेको छ । यसअघिको सहमती अनुसार माओवादीले थप दुई र कांग्रेसले थप ३ मन्त्रालय पाउनुपर्ने हो तर बांकी ३ मन्त्रालय मात्रै रहेकाले उनीहरूलाई भागबन्डा पुराउन २ मन्त्रालय थप गर्नुपर्ने हुन्छ । यो सहमती अनुसार माओवादीले ६ महनिाअघी नै रोल्पाका दीपेन्द्र पुन र बांकेका कृष्णा केसी नमुनालाई मन्त्री बनाउन सफिारसि गरेको थियो ।
लुम्बिनी प्रदेशमा रहेका १० दलमध्ये ८ दल मिलेर गत वैशाख १४ मा अहिलेको सरकार बनेको थियो ।