एमाले र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन, बल्खुमा झडप

काठमाडौं, मंसिर ७ गते । काठमाडौँका अलग–अलग स्थानमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ र दुर्गा प्रसाईंको समूहवीच भएको शक्ति प्रदर्शनमा झडप भएको छ । एमाले राष्ट्रिय युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच बल्खुमा झडप भएको हो । 
कालीमाटीबाट तीनकुने आउन लागेको युवा संघको मोटरसाइकल ¥याली बल्खु पुगेपछि झडप भएको हो। दुवै पक्षबीच ढुंगा हानाहान भएको छ ।

प्रसाईं पक्षका समर्थकको ढुंगा प्रहारबाट केही मोटरसाइकलसहितका सवारी साधनमा क्षति पुगेको छ। युवा संघले मुलुकमा बेथिति र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको बताएको छ भने महाअभियानले स्वतन्त्र नागरिक आन्दोलन भनेको छ।

युवा संघले तीनकुने र प्रसाईं समूहले बल्खुमा कार्यक्रम स्थल तोकेका छन्।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले प्रदर्शनको कार्यसूची सार्वजनिक गरेको छ। काठमाडौंको बल्खुमा हुने उक्त कार्यक्रमका लागि आठवटा रुट तय भएको अभियानका सह–प्रवक्ता राजानन्द माण्डव्यले जानकारी गराएका छन् ।
धार्मिक झण्डा र राष्ट्रिय झण्डा बाहेक अन्य कुनै झण्डा प्रयोग गर्न नपाउने सो समितिले जनाएको छ। विभिन्न ७ वटा स्थानबाट सुरु भएको ¥याली बल्खुमा गएर सभामा परिणत हुने माण्डव्यले बताए।

प्रसाई समूहको हुन भेला हुने स्थानहरूः
१) परीक्षा नियन्त्रण अगाडिको खुला चौर, भक्तपुर सानोठिमी
२) गंगबु चोक
३) स्वयम्भु
४) कलंकी
५) जावलाखेल
६) सातदोबाटो
७) त्रिवि प्रवेशद्वार अगाडि
८) चाबहील

युवा संघको प्रदर्शनमा कहांबाट ?

युवा संघको कार्यक्रममा ३० हजारसम्म युवा÷विद्यार्थी सहभागी हुने दाबी संघको दाबी छ । आजको कार्यक्रममा काठमाडौं उपत्यकामा उपलब्ध युवा तथा विद्यार्थी मात्र सहभागी हुने बाहिरी जिल्लाबाट मानिस नल्याइने राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेको भनाइ छ।

कार्यक्रमअघि बिहीबार बिहान पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै संघका अध्यक्ष थेवेले –भने ण्उपत्यकामा रहेका युवा विद्यार्थीलाई आह्वान गरेका छौं । अनेरास्ववियु र युवा संघबाट गरेर सामान्य ढंगले पनि २५÷३० हजार सहभागी हुनुहुन्छ ।

एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका यी दुई समूहका समर्थकबीच झडप हुने सक्ने सम्भावनालाई विचार गरेर काठमाडौमा सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाण्डौमा चारैतर्फ प्रहरी तैनाथ गरिएको छ । सर्वसाधारण नागरिक त्रसति छन् ।