बुटवलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

बुटवल,मंसिर ८ गते । रुपन्देहीको बुटवल ११ नहरपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको । एकजना गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान बलेरो पिकअप र मोटरसाईकल एक आपसमा ठोक्कीदा एक जनाको मृत्यु भएको हो, भने एकजना घाइते भएका हुन् ।

बेलवास बेथरी सडक खण्ड अन्तरगत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो पिकअप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्कीएको प्रहरीले बताएको छ ।

उक्त दुर्घटनामा परी बुटवल ११ निवासी ४५ बर्षिय शालिग्राम खनालको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रादेशिक ट्राफिक कार्यालय बुटवलले जानकारी गराएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा प्यूठान झिमरुक गाउंपालिका १ का हाल बुटवल ११ मा निवासी २५ वर्षिय शेखर पोखरेल गम्भीर घाईते भएका छन् ।
गम्भीर अवस्थामा रहेका मोटरसाईकल चालक शेखर पोखरेलको भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइते पोखरेलको लुम्विनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवाको मेडिकल कलेजमा लगिएको हो ।

घाइते पोखरेलको दाइने हात छालाले मात्र अड्डेको र हात, खुट्टा, टाउको र शरिरको विन्निभ ठाउंमा चोट लागेको छ । यो समाचार तयार पार्दासम्म गम्भीर घाइते शेखर पोखरलको होस नआएको अस्पताले बताएको छ । बलेरो पिकअप र चालक जितेन्द्र बानियालाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।