तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी

कपिलवस्तु, मंसिर ८ गते । प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलबस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि अन्तिम तयारी भएको छ । संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागको आयोजनामा राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुले तयार पारेको मनोनयन दस्तावेजको आधारमा सरकारले तिलौराकोटलाई सूचीकृतका लागि अन्तिम तयारी गरेको हो ।

कपिलबस्तुको तिलौराकोटमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै सरकारका तर्फबाट संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किरांतीले सूचीकृतका लागि पहलगर्ने प्रतिद्धबता जनाए ।
उनले तिलौराकोटलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्दै विश्वसम्पदा सूचीमा सूचीकृतका लागि सरकारले कुनै कसर बांकी नराख्ने बताए । लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री किरांतीले गत असोज १४ गते लुम्बिनीमा प्रधानमन्त्रीको बिशेष पहलमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटरेसको लुम्बिनी भ्रमणले बुद्धजन्मस्थल लुम्बिनीको उचाई विश्वमा एक पाईला माथि उठेको बताए ।

संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री शुसिला श्रीपाली ठकुरीले तिलौराकोट विश्व सम्पदा सूचीका सुचीकृतका लागि सरकारका तर्फबाट आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता जनाए । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्ध दर्शन र बुद्धको जीवनमा तिलौराकोट दरबारको निकै ठूलो महत्व रहेको उल्लेख गर्दै विश्व सम्पदा सूचीमा सुचीकृतका लागि कुनै पनि कमी हुन नदिने आश्वासन दिए ।
लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचीकृत गर्ने कुरा सकरात्मक भएकाले सहयोग गर्ने बताए ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल, संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव भरतमणि सुवेदी, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्राधानाङ्गा, लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयका सचिव उमेश ढुंगाना, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, बरिष्ठ निर्देशक ज्ञानीन राई लगायतले बोल्दै तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आआफ्नो ठाउंबाट सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् ।