बुद्धका सन्देशलाई आत्मसाथ गरौ – प्रदेश गृहमन्त्री

बुटवल, मंसिर ९ गते । लुम्बिनी सरकारका गृहमन्त्री सन्तोष पाण्डेले राजनैतिक दलका नेताहरुले बुद्धका सन्देशलाई आत्मसाथ गर्न नसकेको बताएका छन् ।
बुद्ध व्यक्ति होईन विचार हो भन्दै मन्त्री पाण्डेले भने – बुद्धका एकमात्र सन्देश भिक्षादान मागेर खाने कुरालाई मात्र नेपालका नेताहरुले प्रयोग गरेको आरोप लगाए ।
बुद्धका असल सन्देशलाई आत्मसाथ गरेर सबैले आआफ्नो दायित्व बहन गर्नुपर्नेमा जोड दिए ।

शनिबार बुटवलमा धौलागिरी सहकारीको २४ औं वार्षिक साधारण सभामा बोल्दै गृहमन्त्री पाण्डेले जिल्लाबाहिर दर्ता भएर शाखा विस्तार गरेका सहकारीले गर्दा सहकारीलाई हेर्ने दृष्टीकोणमा केही समस्या आएको भन्दै प्रदेश सरकारले अब सहकारीको अनुगमन गर्ने बताए । विश्वमा नै आर्थिक मन्दी देखिएकाले उद्योगी व्यवसायी र आमनागरिकलाई नआत्तिन आग्रह गदै धैर्य गर्नुपर्छ भने ।

सैनौमैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र शर्माले मुलुकको आर्थिक विकासको खम्वाका रुपमा रहेको सहकारीमा केही गलत मनसाय राखेर संचालित सहकारीले गर्दा सिंगो सहकारीमा नकारात्मक अवस्था देखापरेको बताए । उनले सहकारीलाइृ सही ढंगले सञ्चालन गरेर आमसहकारी सदस्यहरुको मन जित्नु पर्नेमा जोड दिए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले उद्योगी व्यवसायीहरुको व्यवसाय प्रवद्र्धनमा तीनै तहका सरकार गम्भीर हुन जरुरी रहेको बताए ।

धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोबिन्द खनालले सहकारीमा खराव कर्जा नरहेको दावी गर्दै शेयर सदस्यहरुलाई ढुक्क हुन आग्रह गरेका छन् ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष देवप्रसाद खनाल, सचिव ठाकुर घिमिरे नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल लगायतले बोलदै सहकारीलाई पारदर्शी ढंगले चलाएर सहकारीका सदस्यहरुलाइ ढुक्क बनाउन सुझाव लदिएका छन् ।

उक्त साधारण सभाले अध्यक्ष र लेखा समितिको प्रतिवेदन र कोषाध्यक्षको आयव्ययको वार्षिक प्रतिवेदन पारित गरेको छ ।
साधारण सभा तथा अधिवेशनको अवसरमा जेष्ठ नागरिक, विभिन्न तहका उत्कृष्ट अंक ल्याउने विद्यार्थी, कर्मचारीलाई सम्मान गरिएको छ ।