कांग्रेस लुम्बिनीको प्रथम प्रदेश सम्मेलन बुटवलमा

बुटवल, मंसिर ११ गते । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन यही मंसिर १६ र १७ गते हुने भएको छ । प्रदेश संरचनामा कांगे्रसले पहिलो पटक आफ्नो सम्मेलन गर्ने तयारी गरेको छ ।
पार्टीको विधान र संविधानको मर्म अनुसार सम्मनेल गरिने नेपाली कांगे्रस लुमिबनी प्रदेशका सभापति अमरसिंह पुनले सोमबार पत्रकार सम्मेलन गरी बताएका छन् ।
प्रथम सम्मेलनबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति पुनले सम्मेलनमा आगामी दिनमा नेपाली कांग्रेसले तय गर्नुपर्ने बाटो, प्रदेश सरकारका गतिविधि र संघीयताबारे छलफल हुने बताए ।

पार्टीको माथिल्लो तहदेखि तल्लो तहसम्म नै देखिएको गुटगत प्रभावलाई कसरी हटाउन सकिन्छ र सबै कार्यकर्तालाई समान अवसर कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुने उनले बताए ।
दुईदिन सम्म चल्ने सम्मेलनमा ६ सय ७५ जना प्रतिनिधि सहभागि हुने छन् । बुटवल सम्मेलनकेन्द्रमा हुने प्रदेश सम्मेलनको पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
सम्मेलनमा वरिष्ठ नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सभापति पुनले बताउनुभयो ।
उक्त पत्रकार सम्मेलनमा सभापति पुनले संघीयतामा प्रदेशलाइ अधिकार दिन राजनीतिक नेतृत्व र संघीय सरकारले नमानेको बताए ।

राजनीतिक नेतृत्व र संघीय सरकार पुरानै ढाचाले चलेकाले तीनै तहका सरकार सही ढंगले अघि बढ्न नसेकेको बताए ।
सभापति पुनले सत्ता साझेदारी दल माओवादीका कारण लुमिबनी प्रदेशको सरकारले पूर्णता नपाएको दावी गरे । उनले माओवादीले मन्त्रालय बढाउने भनेको र हाम्रो पार्टी कांगे्रसको नीतिगत निर्णय मन्त्रालय बढाउन नहुने भन्ने रहेकाले यसैमा कुरो नमिलेको हो उनले भने ।