खांणले न्याय पाउछन् – देउवा

भैरहवा, मंसिर १२ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले पार्टीका नेता बालकृष्ण खाणंले न्याय पाउने बताएका छन् ।
नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनमा बोल्दै सभापति देउवाले सर्वोच्च अदालतमा विचाराधिन मुद्धामा धेरै बोल्न उचित नहुने बताए । उनले नेता खांणले न्याय पाउनेमा आफ् बिश्वस्त छु भने ।

भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल सञ्चालन गर्न पहल गर्ने प्रतिबद्दता जनाएका छन् । सबैको चाहाना बिानस्थल चलाउने भएको बताउंदै आफुले नियमित रुपमा सञ्चालन गर्ने गरी पहल गथर्ने आश्वासन दिएका छन् ।

काठमाण्डौ गएर बिमानस्थल पूर्णरुपमा सञ्चालनका लागि सरकार, सम्बन्धीत मन्त्री र सरोकारवालाई वोलाएर कुरा गर्छु उनले भने ।

सभापति देउवाले बिमानस्थल पूर्णरुपमा सञ्चालन ल्याएर अन्तर्राष्ट्रिय बिमान उडाईने बताउंदै त्यसका लागि काम हुने बताए ।