बुटवल दुर्घटनाका घाइते शेखरको काठमाण्डौमा मृत्यु

बुटवल, मंसिर १३ गते । रुपन्देहीको बुटवल ११ नहरपुरमा यही मंसिर ८ गते बिहान सवारी दुर्घटनामा परी घाइते भएका शेखर पोखरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका पोखरेलको काठमाण्डौकोे ट्राम सेन्टरमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो ।

बलेरो पिकअप र मोटरसाईकल एक आपसमा ठोक्कीदा २५ वििर्ष पोखरेल गम्भीर घाइते भएका थिए । सोही दुर्घटनामा परी बुटवल ११ निवासी ४५ वर्षिय शालिग्राम खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशीक अस्पतालमा मृत्यु भएको थियो ।

बेलवास बेथरी सडक खण्ड अन्तरगत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो पिकअप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्कीएको थियो ।
उपचारको क्रममा मृत्यु भएका शेखर पोखरेल प्यूठान झिमरुक गाउंपालिका १ का स्थायीवासी भएपनि केही वर्ष यतादेखि बुटवल ११ मजुवामा बस्दै आएका थिए ।