गुल्मीका नवराजको भारतमा खोजी

खिमराज चालिसे
चन्डिगढ (भारत) मंसिर, १७ गते । भारतको चन्डिगढबाट २६ वर्ष पहिला हराएका गुल्मीका ५४ वर्षीय नवराज पोखरेलको खोजी शुरु भएको छ । पोखरेलको खोजीका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लागि परेको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर २ निवासी पोखरेल २८ वर्षको उमेरमा २०५४ सालमा चन्डिगढबाट हराएको नवराजका छोरा अरुण पोखरेलले बताएका छन् ।

नवराजका छोरा अरुण पोखरेलले दक्षिण भारतको चेन्नईमा मूल प्रवाहका नेता ईश्वरी थापासंग सम्पर्क गरी खोजी गर्दिन भन्दै आग्रह गरेका थिए । खोजीका कागि आग्रह गरेपछि केही दिन अघिदेखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लागि परेको हो ।

निज पोखरेललाई कुनै महानुभावले भटेमा नजिकको मूल प्रवाहको कार्यालय अथवा चेन्नईमा ईश्वरी थापा फोन ९१–६३८३२९९५८४ र नेपालमा फोन नम्बर ९७७–९८६१०९७१०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

नवराज पोखरेल भारतबाट हराउको लामो समयसम्म पनि सम्पर्कमा नआएपछि पोखरेलको परिवारले खोजतलास गर्दा कही कतै नभेटिएपछि अहिले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सहयोग मागिएको नवराज पोखरलका छोरा अरुण पोखरेलले बताए ।