सामूदायिक वनको विकासले गरिबी निवारण

शंकरनगर सामूदायिक वन २३ औं वार्षिक साधारण सभामा

बुटवल, मंसिर १७ गते । सामूदायिक वनको संरक्षण गरी दीगो विकासका लागि उपभोक्ता सक्रिय र सचेत हुनुपर्ने सरोकारवालाले बताएका छन् । मानव समाजमा वनको महत्व बढेकाले हरियाली र शुद्व हावापानीका लागि सामूदायिक वनहरु संरक्षण गरी दीगो विकासमा सबैको ध्यान केन्द्रित हुनुपर्ने उनीहरुले बताए ।
रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर सामूदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिक साधारण सभामा बोल्ने सरोकारवालाले सामूदायिक वनको दीगो विकासले समाजमा परिवर्तन आउने बताए ।

सामूदायिक वनको दीगो विकास भएमा रोजगारी सिर्जना हुने गरिबी निवारण गर्न सकिने उनीहरुको भनाइ छ । तीनै तहका सरकारवीच वन ऐनहरु बाझीएकाले काम गर्न समस्या भएको भन्दै उनीहरुले सामूदायिक वनलाई लगाईको कर हटाउन सरकारसंग माग गरेका छन् ।

सोही साधारण सभामा बोल्दै तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरी चौधरीले वन ऐनसंग बाझीएका विषयमा सहजीकरण गरी वनको दीगो विकासमा सहयोग पुराउने बताइन ।
आमनागरिकको हितमा सामूदायिक वन संरक्षण गर्नुपर्ने बताउंदै उपमेयर चौधरीले सामूदायिक वनलाई अतिक्रमण हुनबाट जोगाइ संरक्षणका लागि तिलोत्तमा नगरपालिकाको साथ सहयोग रहने प्रतिवद्वता जनाइन ।

डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रभात सापकोटाले सामूदायिक वनहरु उत्कृष्ट र सम्वृद्वि भैसकेको बताउंदै सामूदायिक वनको दीगो विकासमा सबैको साथ सहयोग चाहिने बताए ।

शंकर नगर सामूदायिक वन उपभेक्ता समूहका अध्यक्ष रबिन्द्र वस्नेतले देशभरका सामूदायिक वनमध्ये शंकनर वन सामूदायिक वन उत्कृष्ट भएको बताए । अतिक्रमित हुनबाट शंकर नगर सामूदायिक वनलाई जोगाईएको बताउंदै उनले भने – भविश्यमा अतिक्रमण हुनबाट जोगाउने गरी आमउपभोक्तालाई सचेत हुनुपर्छ । सामूदायिक वनलाई रोजगार र पर्यापर्यटनसंग जोडेर आम्दानीको श्रोत बढाउन सकिने र त्यसतर्फ काम भैरहेको बताए ।

कार्यक्रममा नेकपा एमाले तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, नेपाली कांगे्रसका नगर सभापति हरिलाल पाण्डे, नेकपा माओवादी केन्द्रका वेलप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष फर्सुराम गिरी, रामनगर सामुदायिक वनका अध्यक्ष रुद्र हमाल, शंकरनगर खानेपानी उपभोक्ता समूहका अध्यक्ष झविन्द्र भण्डारी, शंकरनगर सामूदायिक वनका कानुनी सल्लाहाकार खुमाकान्त पौडेल, शिक्षक टंकप्रसाद पौडेल, इको क्लवकी अध्यक्ष मेलिना गुरुङ, पार्षद शारदा भण्डारी, लोकनाथ पाण्डेय लगायतले बोल्दै सामूदायिक वन संरक्षणमा सबैको साथ सहयोग आवश्यक पर्नेमा जोड दिए ।

साधारण सभाको अवसरमा एसईईमा उत्कृष्ट विद्यार्थीलाई छात्रावृत्ति र गरिव तथा जेहन्दा विद्यार्थीलाई आर्थिक सहयोग गरिएको छ । अध्यक्ष रविन्द्र वस्नेतले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष भुवन आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

शंकर नगर सामूदाविक वन उपभोक्ता समूहका अध्यक्ष रबिन्द्र वस्नेतको अध्यक्षता, उपाध्यक्ष कमला ज्ञवालीको स्वागत र सचिव कालिका अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।