एमाले बाहेक अरुले देश बनाउदैन – ओली

गुल्मी, मंसिर २० गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक अरुले देश बनाउन नसक्ने बताएका छन् । ०८४ मा एमालेले एकल बहुमतको सरकार बनाउने अध्यक्ष ओलीको दावी छ ।

बुधबार गुल्मीमा आयोजित सभामा बोल्दै उहांले सरकारले काम गर्न नसकेको आरोप लगाए । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सरकारले भुकम्प पीडितका लागि आवास र उद्दार लगायतका कामहरु गर्न नसकेको बताउंदै देशमा एमालेको आवश्यक्ता बढेको दावी गरे ।

उनले देशमा भ्रष्टाचार बढेको तर सरकारले केही गर्न नसकेको बताउनुभयो । एमालले समृद्ध नेपाल शुखी नेपाली चाहेको उल्लेख गर्दै एमालेबाटै समृद्व नेपाल र शुखी नेपालीको सम्भावना रहेको बताए ।

सरकारका कारण देश बर्बाद भएको बताउंदै सरकारकै कारण भ्रष्टाचार र अनियमितता बढेको भन्दै सरकारको आलोचना गरेका छन् । आन्तरिक एकताका साथ जनताको घरमा पुग्न कार्यकतालाई ओलीको आग्रह छ ।

उक्त सभामा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल। सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपसचिव प्रदीप ज्ञवाली, पृथ्यवी सुव्वा गुरुङ लगायत केन्दिय तहका नेताहरुको सहभागिता थियो ।