पक्राउ पूर्जी जारी गर्ने अदालतको निर्णय अनैतिक – विप्लव

बुटवल, मंसिर २१ गते ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ९विप्लव सी० ले अदालले पक्राउ पूर्जी जारी गरेर अनैतिक काम गरेको बताएका छन् । अघिल्लो सरकारसंग भएको तीन बुंदे सहमतिको उलंघन गरेर न्याय दिने संस्था नै द्वन्द्वको कारण बन्न पुगेको संकेत गरेका छन् ।

मिडियाकर्मीसंग कुरा गर्दै महासचिव विप्लवले नेकपा जनताको बिचमा लोकप्रीय बन्दै जांदा षडेयन्त्रपूर्वक अदालतले पक्राउ पूर्जी जारी गरेको बताए । अदालतको पक्राउ पूर्जीलाई अस्वभाविक र असमान्य बताउंदै राजनीतिक शक्ति गम्भीर भएपनि अदालत गम्भीर नभएर द्वन्द्व निम्ताउन खाजेको बताए ।

अदालतले अराजकता र गैर छनकता देखाएको बताउंदै पक्राउ पूर्जीले केही फरक नपार्ने बताउंदै नेकपा जनताको बिचमा जाने र आफ्ना कुरा प्रष्ट रुपमा राख्ने बताए ।
देशमा अस्थिरता चाहाने तत्वहरु र अतिक्रमण गर्ने शक्ति केन्द्रहरुलाई फाइदा पुग्ने गरी अदालतले पक्राउ पूर्जी जारी गरेको महासचिव विप्लवको तर्क छ ।
अदालतले निष्पक्ष निर्णय नगरेको बताउंदै उनले भने – न्यायधिशको निर्णय गैरजिम्मेवार छ ।

पक्राउ गर्न खोजे त्यसको प्रतिरोध गर्ने बताउंदै पक्राउ पूर्जीबारे प्रधानमन्त्रीसंग पनि कुरा भएको र यस विषयमा प्रधानमन्त्री र दलका नेताहरु आश्र्य बनेको बताए ।
पक्राउ पूर्जबारे समाजवादी मोर्चामा पनि कुरा उठेको र समाजवादी मोर्चा विघटन गराउने षडेयन्त्रको संकेत पनि हो उनले भने ।