प्रगतिशील पत्रकार संघ, नेपालले मनायो १७ औं स्थापना दिवस

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन

बुटवल, मंसिर २२ गते । प्रगतिशील पत्रकार संघ, नेपालले १७ औं स्थापना दिवस मनाएको छ । प्रगतिशील पत्रकार संघ, नेपालको २०६४ मंसिर २२ गते दाङको भालुवाङमा गठन गरिएको हो ।

शुक्रक्रबार भर्चुअल माध्यमबाट स्थापना दिवस मनाईएको हो । सोही कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले साम्रराज्यबाद र पूंजीवादले देश चलाएको बताउंदै त्यसका बिरुद्व जनपक्षीय पत्रकारिता आवश्यक रहेको बताए । प्रेस स्वतन्त्रता कमजोर पार्ने काम भएको बताउंदै जनताका आवाजलाई निष्पक्ष रुपमा मिडियामा आउन नसकेको बताए ।
राष्ट्रियता, जनतन्त्र, जनजीविका र राष्ट्रियताको पक्षमा र प्रतिगमनबिरुद्व निडरताका साथ कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । उनले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने उल्लेख गर्दै भारतीय जनता पार्टीले नेपालका प्रतिगामी शक्तिलाई सहयोग गरेको उनको दावी छ ।

नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले ‘अहिलेको गणतान्त्रिक सरकारले ठिक काम गर्न नसके पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए ।
नेपालमा दलाल पंजीबाद हावी भएको र त्यही दलाल पंूजीवादले कम्युनिष्ट बिरोधी शक्ति बढाएको बताउंदै उनले भने – त्यसका बिरुद्व मिसनका रुपमा वर्गिाय पत्रकारिता आवश्यक छ ।

प्रगतिशील पत्रकार संघ, नेपालका अध्यक्ष श्यामलाल पोखरेलले व्यवस्था परिवर्तन भएर गणतन्त्र स्थापना भएपनि पेशगात रुपमा नेपालको पत्रकारिता पेशा अझै पनि असुरक्षित रहेको बताए ।

उक्त कार्यक्रममा वामपन्थी नेता भैरवराज रेग्मी, प्रगतिशील पत्रकार संघका संस्थापक सदस्य जगदिश ढकाल, अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोका, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, अखिल नेपाल युवक संघका अध्यक्ष कृष्णराज पाण्डे, अखिल नेपाल प्रगतिशील लेखक संघका अध्यक्ष समीर सिंह र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव प्रेम पौडेल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

संघका अध्यक्ष श्यामलाल पोखरलको अध्यक्षता, महासचिव प्रकाश थापाको सञ्चालन र कोषाध्यक्ष प्रज्वल पहाडीको स्वागतमा कार्यक्रम भएको थियो ।