नागरिक आन्दोलनप्रति एक्ये वद्दता

बुटवल, मंसिर २७ गते । लोकतन्त्र सवलिकणका लागि नागरिक आन्दोलन समितिले बुटवलमा राजनीतिक दलहरुसंग अन्तर सम्बाद गरेको छ । लोकतन्त्रको सवलीकरणका लागि गठित समितिले रुपन्देहीमा क्रियाशील विभिन्न राजनीतिक दलका नेताहरुसंग बुधबार अन्तर सम्बाद गरेको हो ।

लोकतन्त्र कमजोर हुंदै गएकाले नागरिक आन्दोलन आवश्यक भएको सोही कार्यक्रममा बोल्ने सहभागी वक्ताले बताए । उनीहरुले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने भएकाले लोकतन्त्रको विकल्प सोच्न पनि नसकिने बताए । दलका नेताहरुका कारण मुलुक अस्तव्यस्त भएको बताउंदै राजनीतिक रुपमा दलका नेताहरुमा सुधार आउन आवश्यक रहेको उनीहरुको तर्क छ ।

कार्यक्रममा बोल्दै लोकतन्त्र सवलिकणका लागि नागरिक आन्दोलनका संयोजक गोविन्द खनालले लोकतन्त्रको सवलिकरणका लागि दलगत स्वार्थ भन्दा माथि उठेर काम गर्ने प्रतिवद्वता जनाएका छन् । कमजोर हुंदै गएको लोकतन्त्रको सवलिकरण र मानव अधिकार, प्रेस स्वतन्त्रता, सुशानका लागि नागरिक आन्दोलनलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।

पत्रकार डाक्टर बालकृष्ण चापागाईले लोकतन्त्रलाई बलियो बनाउन र भ्रष्टाचार तथा अनियमितताविरुद्व नागरिक आन्दोलनलाई सशक्त बनाउनु पर्ने बताए ।

उक्त कार्यक्रममा बोल्ने राजनीतिक दलका नेताहरुले लोकतान्त्रिक आन्दोलनप्रति एक्येवद्वता जनाउंदै अग्रगामी कमदका लागि लोकतान्त्रिक आन्दोलनलाई सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् ।

कार्यक्रममा नेपाली कांगे्रसका प्रजापाल गिरी, नेकपा एमालेका युवराज घिमिरे, राष्ट्रिय जनमोर्चाका टानबहादुर केसी, नेकपाका शरद ओली, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर वासी लगायतले बोल्दै लोकतन्त्र कमजोर भएको स्वीकार गर्दै लोकतानित्रक आन्दोलनप्रति एक्येवद्वता जनाएका छन् ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जीसी, पत्रकार दामोदर खनाल, श्यामलाल पोखरेल, टेकबहादुर थापा, उद्योगी व्यवसायी बसन्त ढकाल, अधिवक्ता महेन्द्र पाण्डेयलगायतले बोल्दै भ्रष्टाचार र बेथिति रोक्न र लोकतन्त्रका लागि नागरिक आन्दोलन आवश्यक रहेको बताए ।

उनीहरुले संघीयतासंगै बनेको प्रदेश संरचना खारेजका लागि देशभर तनमत बढेकाले त्यसकाविरुद्द पनि नागरिक आन्दोलन केन्द्रित गर्न सुझाव दिएका छन् ।
नागरिक आन्दोलनका लागि संयोजक गोविन्द खनालको अध्यक्षता र सचिव ऋषि आजाद सञ्चालनमा कार्यक्रम भएको थियो ।