बुटवल धागो कारखानाबाट १ करोड बढीको समान चोरी

बुटवल, मंसिर २९ गते । बुटवल धागो कारखानामा १ करोड बढी मूल्यपर्ने सामान चोरी भएको छ । २०४८ बाट व्यावसायिक उत्पादन थालेको धागो कारखाना २०६४ फागुदेखि बन्द अवस्थामा छ । 

बुटवल धागो कारखानालाई कोरोना महामारीका बेला अस्थायी अस्पतालका रूपमा प्रयोग गरिएको थियो । झण्डै २२ महिना कोभिड अस्पताल सञ्चालन भएर बाहिरिंदा धागो कारखानाका करोड भन्दा बढी मूल्यका उपकरण चोरिएका हुन् । कोभिड अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमातहत सञ्चालन भएको थियो ।

धागो कारखानाका आईसीयू, भेन्टिलेटर, जनरल वार्ड बनाइएका र अन्य स्थानमा भूमिगत रूपमा जडान गरिएका फिडर वायर चोरी भएका छन् । धागो कारखानाले उक्त तामाको वायर १ करोड बढी मूल्य बराबरको बताएको छ । बुटवल धागो कारखाना लिमिटेडका कार्यालय प्रमुख डोलराज शर्माले विद्युत् सबस्टेसनबाट मशिन टनेलभित्र बिच्छ्याइएका तामाका महत्वपूर्ण उपकरणमध्ये मोटा तारहरू काटेर चोरी भएको बताए ।

बाहिरको मान्छे प्रवेश गरेर चोरी नभएको बताउंदै कार्यालय प्रमुख शर्माले –भित्र गएर हेर्दा १ करोड रुपैया बढीका तार काटेर चोरी भएको भेटियो ।

कार्यालय प्रमुख डोलराज शर्माका अनुसार सामान भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय, बुटवलमा व्यक्तिलाई किटानी जाहेरी दिईएको छ । किटानी दिएका व्यक्ति अहिले फरार छन् ।