अहिलेका लागि गणतन्त्रको विकल्प अरु व्यवस्था हुदैन – चित्रबहादुर

बुटवल, पुस ३ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गाण्तन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताएका छन् । यो पूजीवादी गणतन्त्रले जनताका अधिकार परपिूर्ति गर्न नसकेपनि अहिलेका लागि गणतन्त्रको विकल्प अरु व्यवस्था हुदैन । समाजवादी व्यवस्था उत्तम व्यवस्था भएपनि अहिलेका लागि यही गणतन्त्र ठिक भएको बताए ।

उहांले राजतन्त्र र हिन्दु राज्यको कल्पना पनि गर्न नसकिने बताउंदै केही प्रतिगामीहरुले राजतन्त्र र हिन्दु राज्यको कुरा गर्दैमा पुरानो व्यवस्था आउदै नआउने बताए । यो लोकतन्त्रमा बोल्न पाहिन्छ त्यही भएर बोलेको छन् । यो लोकतन्त्रमा दल खोल्न पाहिन्छ त्यही भएर नयां दल देखा परेका हुन्, त्यो ठूलो विषय नभएको अध्यक्ष चित्रबहादुर केसीको भनाइ छ ।

मंगलबार बुटवलमा रिपोटर्स क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै लोकतन्त्र ल्याउनेहरुले गतिलो काम नगरेकाले लोकतन्त्र र गणतन्त्र बिरोधीहरु सक्रिय भएको बताए ।
लोकतन्त्रको सिमाभित्र रहेर दलहरुले काम गर्न नसकेको बताउंदै सरकारले जनताको चाहाना अनुसार काम नगरेको दावी गरे ।

देशमा धर्मका नाममा साम्राज्यवादी शक्तिले नेपालमा अराजकता मच्चाउन खाजेकाले यो व्यवस्था जोगाउन सबै एकजुट हुनुको विकल्प नभएको बताउंदै अध्यक्ष केसीले भने – पूंजीवादी र साम्राज्यवादीको हावी हुंदासम्म नेपाल मात्रै होइन मानव समाजले मुक्ति पाउदैन ।

पांच दलीय गठबन्धनले २०७२ को संविधान जोगाएर लोकतन्त्र, गणतन्त्रको रक्षा गरेको दावी गर्दै लोकतन्त्र र गणतन्त्रका लागि गठबन्धन अझै आवश्यक रहेको तर्क गरे ।

जनताको चाहाना अनुसार काम नहुंदा राजनीति र दलप्रति जनता निरास बनेको बताए । आफ्नो पार्टी राष्ट्रिय जनमोर्चा पांच दलीय गठबन्धनमा नभएको बताए ।
नेपालमा संघीयता घाडो भइसकेको उल्लेख गर्दै हिजो संघीयता बोक्नेहरुलाई अहिले घांडो भएको बताउंदै संविधान संशोधन गरेर संघीयता हटाउन सकिने तर्क गरे । संघीयताको बिरोध गर्दा संघीयता नछोडे १५ दिन भित्र सिध्याइदिन्छौ भन्ने धम्की आएको र संघीयता छोडे १० करोड दिन्छौ भन्ने लोखसमेत देखाईएको स्मरण गर्दै राष्ट्रिय जनमोर्चा नेपालको हकमा संघीयता फाल्ने गरी सडकदेखि सदनसम्मको नेतृत्व गर्ने दावी गरे ।

प्रदेश खारेज गरेर प्रदेशमा हुने खर्च स्थानीय तहमा लगानी गर्नुपर्ने बताउंदै नेपालको भूगोल, अर्थतन्त्र, संस्कारले पनि संघीयता सम्भव नभएको व्यवहारले पुष्टि गरेको बताए ।
उनले वामपन्थी एकता आवश्यक भएपनि वामपन्थीको नाममा खाम पन्थीको बाहुल्यता भढी भएकाले एकताका लागि समस्या छ भने । नेपाललाई बिर्गान विदेशी शक्ति केन्द्रहरु लागि परेको बताउंदै नेपाली जनता सचेत नभए देशको अवस्था अझै कमजोर हुने बताए ।

रिपोर्टर्स क्लव लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतमा कार्यक्रम भएको थियो ।