लुम्बनीका दुई नयां मन्त्रीले लिए सफथ

बुटवल, पुस ८ गते । लुम्बिनी प्रदेशमा सरकार गठन भएको आठ महिनापछि दुई जना मन्त्री थप गरी मन्त्रीमण्डल विस्तार गरिएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आईतबार दुईजना मन्त्री थप गरेर मन्त्रालय बिस्तार गरेका हुन् । नेपाली कांग्रेसबाट सरोज थापा र माओवादी केन्द्रबाट कृष्णा केसीलाई मन्त्री बनाईएको छ ।

कांगे्रसका सरोज थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालय र माओवादीबाट कृष्णा केसीलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले आईतबार बुटवलमा सपथ ग्रहण गराएका छन् ।