बुटवलको मिलनचोकमा दुर्घटना हुंदा एक जनाको मृत्यु

बुटवल, पुस १७ गते । रुपन्देहीको बुटवलमा बसले ठक्कर दिंदा साईकल यात्रीको मृत्यु भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नं. को बसले साईकलयात्रीलाई ठक्कर दिएको प्रहरीले बताएको छ ।
मंगलबार दिउंसो ३ वजेतिर बुटवलको   मिलनचोकमा दुर्घटना भएको थियो । दुर्घटनामा परी साईकलयात्री एक जना पुरुषको घटनास्थल मै मृत्यु भएको हो ।

ठक्कर दिएपछि बसको चक्कामुनि परेका साईकलयात्रीको टाउको क्षतविक्षत भएको थियो । दुर्घटना घटनास्थलमै मृत्यु भएका ति पुरुषको परिचय नखुलेको प्रहरीले बताएको छ ।
ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रमा लिएको छ । प्रहरकिा अनुसार मृतकको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।