शंकरनगर बनमा विरुवा उत्पादन

बुटवल, पुस २२ गते । रुपन्देही तिलोत्तमाको शंकरनगर सामूदायिक वनले विभिन्न प्रजातीका विरुवाहरु उत्पादन गरेको छ । वन क्षेत्रको जग्गामा नर्सरी बनाएर सयौ प्रजातीका विरुवाहरु उत्पादन गरेर वनले विक्री वितरण गर्दै आएको छ ।

स्थानीय उत्पादन र आवश्यक अनुसार बाह्य उत्पादन ल्याएर पनि उपभोक्तालाई सस्तो मुल्यमा विरुवा उपलब्ध गराईएको शंकरनगर सामूदायिक वनका अध्यक्ष रविन्द्र बस्नेतले जानकारी गराए । अध्यक्ष बस्नेतका अनुसार बाहिरको मुल्य भन्दा आधा बढी सस्तोमा उपभोक्तालाई विरुवा दिने गरिएको छ ।

वार्षिक १० लाख बढीका विरुवा विक्री गर्ने गरिएको वनका कोषाध्यक्ष भुवन आचार्यले बताए । संघसंस्थाहरुको मागको आवश्यक्ता अनुसार निःशुल्क र सामान्य शुल्क ल्याएर पनि विरुवाहरु दिने गरिउको कोषाध्यक्ष आचार्यले जानकारी गराए ।

बैज्ञानिक ढंगले नर्सरी निर्माण गरेर विरुवाहरु उत्पादन गरेको शंकरनगर सामूदायिक वनले थय नयां नर्सरी बढाउने तयारी गरेको छ । दुइ जना कर्मचारीले विभिन्न जातका विरुवाहरु उत्पादन गरेका छन् । अहिले विरुवाहरुको माग बढ्न थालेपछि विरुवा उत्पादनका नर्सरी विस्तार गर्न थालिएको छ । त्यसका लागि नयां टनेल बनाउन थालिएको छ ।

बाहिर भन्दा सस्तो पर्ने र सबै प्रकार बिरुवाहरु पाइने भएकाले उपभोक्ता आउने गरेको नर्सरी हेरालु इन्द्रबहादुर गुरुङले बताए । शंकरनगर सामूदायिक वनबाट विरुवा खरिद गरेर व्यवसायीले बाहिर लगेर विक्री वितरणसमेत गर्ने गरेका छन् ।