तिनाउ संरक्षणका लागि वातावरणीय सेवा ऐन आवश्यक ऐन बनाउ सांसदहरुको प्रतिबद्दता

बुटवल, पुस २३ गते । रुपन्देही र पाल्पाबाट लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुसंग तिनाउ जलाधार संरक्षण र वातावरणीय सेवा भुक्तानीको विषयमा बुटवलमा छलफल गरिएको छ । सामूदायिक वन समन्वय समिति पाल्पाले सोमबार बुटवलमा प्रदेश सांसदहरुसंग छलफल गरेको हो ।

निताउ जलाधार नदीको संरक्षण र वनजंगल जोगाइ स्वचछ वातावरण कायम राख्नका लागि लुम्बिनी प्रदेशमा वातावरणीय सेवा भुक्ततानी ऐन ल्याउन सरोकारवालाले सांसदहरुलाई आग्रह गरेका छन् । छलफल कार्यक्रममा बोल्ने लुम्बिनी प्रदेशका सांसदहरुले तिनाउ नदीको उपल्लो तटीय क्षेत्रदेखि तल्लो तटीय क्षेत्रको संरक्षण र वातावरण कायम राख्न प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् ।

ऐन कानुनको झनझनका कारण तिनाउंको मुहान र वनजंगल संरक्षणमा समस्या भएको सामूदायिक वन समन्वय समिति पाल्पाका अध्यक्ष दलबहादुर गुरुङले बताए ।वातावरणीय सेवा भुक्तिानीलाई केन्द्रमा राखेर प्रदेश सभाबाट वातावरणीय सेवा भुक्तानी ऐन पास गर्नका लागि प्रदेश सांसदहरुलाई अध्यक्ष गुरुङले आग्रह गरे ।

सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले तिनाउको जलाधार, वन तथा वातावरण संरक्षणका लागि पहल गर्ने बताउंदै आवश्यक अनुसार ऐन कानुन बनाउन सहयोग गर्ने प्रतिवद्वता जनाए ।
उनले निताउ नदीसहित सबै नदीका मुहान संरक्षण गरी सफा राख्ने र पानकिो मुल भन्दा माथि जंगल बनाएर रिर्चाज पोखरी बनाएर जंगल जोगाउनु पर्ने बताए ।
तीनाउको सभ्यातालाई जोगाइ राख्न तिनाउको मुलदेखि तल्लो भागसम्म संरक्षण गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले तीनाउको जलाधार घट्दै गएको र अतिक्रमणमा परेको तीनाउ नदीको संरक्षण गर्नुपर्ने बताए । उनले जनसहभागितामा तिनाउको उपल्लो र तल्लो तटीय क्षेत्र र वनहरु संरक्षणमा राज्यको ध्यान जानुपर्ने बताए ।

लुम्बिनीका प्रदेश सांसद हुमा वेल्वासे केसी, जानकी न्यौपाने, शान्ती लोध र भगवती अधिकारीले तीनाउ नदी र वनजंगल संरक्षणका लागि सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् । आवश्यक अनुसार ऐन काुन बनाउन र आर्थिक कोषका लागि पनि पहल गर्ने सांसदहरुको प्रतिवद्वता छ ।
कानुन तथा सुशासन विज्ञ डाक्टर चिरन्जीवि भट्टराईले जलाधार र प्रकृतिको विषयमा कार्यपत्र प्रस्तुत गर्दै तिनाउ लगायतका देशका थुप्रै नदी र वनहरु अतिक्रमणमा परेकाले यस विषयमा राजनीतिक नेतृत्वलाई सचेत हुन आग्रह गरेका छन् ।

मानव सभ्यातसंग जोडिएको तिनाउ नदी जोगाउन नसकिए भोलीको पुस्ताले ठूलो समस्या भोग्ने भएकाले उपल्लो र तल्लो तटीय क्षेत्रमा पर्ने स्थानीय सरकारलाई सचेत हुन सरोकारवालाले आग्रह गरेका छन् ।

तिनाउ जलाधार संरक्षण र वातावरणीय सेवा भुक्तानीका लागि लुम्बिनी प्रदेशमा वातावरणीय सेवा भुक्ततानी ऐन ल्याउन सरोकारवालाको माग । वातावरणीय सेवा भुक्ततानी ऐन ल्याउन सक्दो पहल गर्ने सांसदहरुको प्रतिबद्दता ।