नेकपा एसका राजु गुरुङले दिए राजीनामा

बुटवल, पुस २४ गते । नेकपा एकीकृत समाजवादीका राजु गुरुङले सो पार्टीबाट राजीनामा दिएका छन् । रुपन्देही बुटवल उपमहानगरपालिका वडा नम्बर १३ निवासी गुरुङले मंगलबार राजीनामा दिएको विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।

केही महिना यतादेखि नेकपा एकीकृत समाजवादीमा सक्रिय नदेखिएका गुरुङले पार्टी अध्यक्षलाई सम्बोधन गरी राजीनामा दिएका हुन् ।

पार्टीबाट राजीनामा दिएको विज्ञप्ती राजु गुरुङले मंगलबार दिउंसो आफ्नै सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए ।

राजीनामा दिएका राजु गुरुङले अहिले कुनै दलमा आवद्दता नहुने र स्वतन्त्र रुपले न्यूटल बस्ने नयांदिशालाइ बताए ।