शहीदको सम्झना

बुटवल, माघ १६ गते । माघ १६ शहीद दिवस । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राणको आहुती दिएका शहीदकोे सम्झनामा शहीद दिवस मनाईएको छ । नेपाली नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाउन जहानीयां राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध लोकतान्त्रिक जनआन्दोलनहरुमा आफ्नो जीवनको आहुती गरेका बीर सपूतहरुको सम्झनामा हरेक वर्ष शहीद दिवस मनाउने गरिन्छ ।

प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म शहीद दिवस मनाईन्छ । शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगाला श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिईएको सम्झनामा प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ । शहीद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । शहीद धर्मभक्त माथेमालाई सिफलमा विक्रम सम्वत् १९९७ कै माघ १३ गते र गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मारिएको थियो ।

राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट हुन शिक्षित गरेको आरोपमा १९९७ मा उहांहरुलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
माओवादीको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२÷६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न समयमा भएका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई शहीद घोषणा गर्ने प्रचलन बढेको छ ।