कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानको अध्यक्षमा भुवानन्द

अर्घाखांची, माघ १६ गते । स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठान ढाकावाङकोे अध्यक्षमा भुवानन्द भुसाल निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न तेस्रो भेलाले भुवानन्द भुसालको अध्यक्षतामा ९ सदस्यीय समिति निर्वाचित गरेको छ। जसको उपाध्यक्षमा बाबुराम खनाल, सचिवमा हिमलाल खनाल, कोषाध्यक्षमा आरता बेल्वासे, सदस्यहरुमा क्रमशः खुबिराम खनाल, विष्णुप्रसाद खनाल, गीता चुदाली, जानका बन्जाडे र बाबुराम खनाल निर्वाचित गरेको छ। त्यस्तै सल्लाहकार समितिमा खड्का बहादुर थापा, चन्द्रबहादुर केसी, रामप्रसाद खनाल र गोपालप्रसाद आचार्य र पदम बन्जाडे निर्वाचित भएका छन् ।

भूमिकास्थान नगरपालिका नगरप्रमुख झविलाल थापाको आतिथ्यता रहेको भेला अध्यक्ष खड्कबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष भुवानन्द भुसालको स्वागत मन्तव्य र सचिव खुविराम खनालको संचालनमा सम्पन्न भएको हो ।

नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका कर्मठ योद्धा तथा शिक्षाप्रेमी, समाजसेवी, विश्व मावि ढाकावाङका तत्कालीन प्रअ कुलानन्द बन्जाडेको सम्झनामा स्थापना गरिएको प्रतिष्ठानले तेस्रो भेला सम्पन्न गरेको हो।