विकास बिरोधी सरकारविरुद्द सडकबाट दबाब – विष्णु पौडेल

बुटवल, माघ १९ गते । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारको ज्याजती र बिकास बिरोधी नीतिको युवाहरुले सडकबाट दवाव दिनुपर्ने बताएका छन् ।

एमाले निकट राष्ट्रिय युवासघं रुपन्दही प्रचार बिभागले आयोजना गरेको स्व. परमानन्द खरेलको स्मृतिमा फुडसल प्रतियोगिता उद्घाटन गर्दै नेता पौडेलले अहिले देशको परिस्थीति झनझन जटिल अबस्थामा पुगेको बताए ।

गठवन्धन सरकारले युवा र जनता आवश्यकता पुरा गर्नुको सट्टा बिकास बिरोधी गतिबिधि गरेको आरोप लगाउंदै उनले भने – दैनिक रुपमा युवाहरु बिदेश पलायन हुने अबस्था सिजर्ना भएको छ ।

सरकारले स्वदेशमा रोजगारीका लागि आवश्यक पर्ने कुनै खालका योजना ल्याउन नसक्दा युवाहरु बिदेश पलायन हुने अबस्था आएको हो भने । युवाहरुलाई स्वदेशमै रोजगारीको बाताबरण सिजर्ना गर्न युवाहरुले सडकबाट सरकारलाई दवाव दिनुपर्नेमा जोड दिए । युवाहरु खेलकुंदको क्षेत्रमा,उद्योग,व्याबसाय,रोजगारीका क्षेत्रमा युवाहरु हरेक क्षेत्रमा सक्षम हुनुपर्ने बताए ।
युवा संघ नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज बुद्धि थापाले युवाहरु राजनीतिमा मात्र नभई खेलकुंदको क्षेत्रमा सक्षम हुनुपर्नेमा जोड दिए ।

सोही अबसरमा स्व. परमानन्द खरेलका छोरा किरण खरेलले खेलको माध्यमबाट युवा संघले बावाले समाजमा गरेको योगदानको जिविन्त बनाउने काम गरेको बताए ।
युवा संघ रुपनदेही सचिव दिपेस कडेलको अध्यक्षयता इश्वर पौडलेको सन्चालन र खेल संयोजक शंकर पाण्डेको स्वागतमा उद्घाटन कार्यक्रम भएको थियो ।