मानव कल्याण मित्र मञ्चद्दारा भारतमा अलपत्र महिला उद्दार

बुटवल, माघ १९ गते । मानव कल्याण मित्र मञ्च नेपालले भारतमा अलपत्र परेका दुई जना महिलालाई उद्वारी गरी घरपरिवारलाई बुझाएको छ । बैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने भन्दै दलालमार्फत भारतको दिल्लीमा अलपत्र चिवनकी सविता गुरुङ र झापाकी देवी विश्वकर्मालाई मानव कल्याण मित्र मञ्च नेपालले उद्वार गरेको हो ।

भारतमा महिला तथा बँलबालिकाको क्षेत्रमा काम गर्दै आएको प्रवासी नेपाली मित्र मञ्च र हेल्थ नेपाल मिशन दिल्लीको सहयोगमा अलपत्र परेका मिहलालाई उद्वार गरिएको मानव कल्या मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताए ।
कुवेत जानभनी हिडेका दुई महिला दुई सातादेखि भारतको एक घरमा बन्दी गरी राखिएको प्रवासी नेपाली मित्र मञ्चका प्रतिनिधि मनिषा ढकाल र नारायण शर्माले बताए । भारतको दिल्लीबाट उद्वार गरिएका दुवै महिलालाई शुक्रबार रुपन्देही प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको रोहोबरमा महिलाका श्रीमानलाई बुझाईएको हो ।

उक्त कार्यक्रममा बोल्दै रुपन्देही प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लहलहैमा लागेर बैदेशिक रोजगारीमा नजान आग्रह गरे । कुवेत पठाउछु भनेर भारत पुराएर महिलालाई अलपत्र पार्ने दलाललाई कारवाही हुने बताउंदै दबाबमा मिलापत्र नर्गन पीडित पक्षलाई प्रमुख जिल्ला अधिकारी अर्यालले सुझाव दिएका छन् ।

कानुन बिपरित बैदेशिक रोजारमा पठाउनेहरुलाई कारवाही हुने बताउंदै उनले भने – सभ्य सभाज विरुद्वको अपराध गर्नेलाई कारवाहीका लागि प्रशानलाई सबै क्षेत्रको साथ सहयोग चाहिन्छ ।
मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालको अध्यक्षता, सहसचिव तिर्थराज पौडेलको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै मञ्चका संरक्षक पुरुषोत्तम भट्टराईले बेरोजगारीको फाइदा उठाउने गलत मनोसाय राख्नेहरुलाई कारवाही राज्यसंग माग गरे ।