अर्घाखांचीमा जीप दुर्घटना, २ जनाको मृत्यु, २ घाइते

अर्घाखांची, माघ २० गते । अर्घाखांचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा जीप दुर्घटनामा परी २ जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्घाखांची भूमिकास्थान नगरपालिका वडा नम्बर २ निवासी देवा बेल्वासे र सन्धिखर्क नगरपालिका वडा नम्बर ८ निवासी डेमकला आचार्यको घटनास्थल मै मृत्यु भएको हो ।

जीपमा सबार अर्घाखांची पणेनाकी कपिला खनाल, पोखरेल र श्रमिक पोखरेल घाईते भएका छन् । स्थानीय पत्रकार टेकराज भुसालका अनुसार घाईते आमा छोरा हुन् ।
लु १ ज १६७९ नम्बरको देउराली यातायात अर्घाखांचीको सवारी जीप शनिबार बिहान दुर्घटना भएको हो ।

जीप ढाकावाङबाट सन्धिखर्कका लागि छुटेको थियो । बाटोमा गाडी न्यूटलमा स्टार्ट गरी चालक पसलमा गएको बेला जीप दुर्घटना भएको स्थानीय प्रत्यक्ष दर्शीले गाडी करिब २ सय मिटर तल झरेको बताएका छन् ।

सन्धिखर्कका जीप चालक बसन्त खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।