सीमा स्तम्भमा रंगरोगन शुरु

बुटवल, माघ २२ गते । नवलपरासीसंग सीमाना जोडिएको नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भहरुको मर्मत सम्भारका साथै रङरोगनको काम शुरु गरिएको छ । लामो समयदेखि मर्मत र रङ रोगन नहुंदा स्तम्भहरु जीर्णजस्तै बनेका थिए ।

जीर्ण बन्दै गएका नेपाल र भारतका सीमा सुरक्षा निकायले मर्मत र रङ रोगनको काम शुरु कार्य सुरु गरेका हुन् । जोर नम्बरका भारत र बिजोर नम्बरका स्तम्भहरु नेपालले गर्ने सहमति अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीले सोमबारदेखि मर्मत र रङ रोगनको काम शुरु गरेको हो ।
नवलपरासीको नारायणीपारीको सुस्ता गाउंदेखि पाल्हीनन्दन गाउंपालिकाको गेर्मीसम्मको साढे ४१ किलो मिटर. क्षेत्रफलले भारत उत्तर प्रदेशको सीमालाई छोएको छ ।जस अनुसार नारायणीवारीको सुस्ता गाउंपालिकाको पक्लिहवादेखि गेर्मीसम्मको साढे २७ किलोमिटर क्षेत्रफलमा १६ वटा स्तम्भहरु रहेका छन् । तिमध्ये नेपालको जिम्मेवारीमा परेका बिजोर नम्बरका ९ वटा स्तम्भलाई मर्मत र रङ रोगन सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीका सूचना अधिकारी डिएसपी यज्ञ मान साउँदले बताए ।

नारायणीनदी पारी रहेका सुस्ता गाउंमा भने सीमा स्तम्भ छैनन् । सुस्ताको १४ किलो मिटर क्षेत्रफलले भारतको बिहार प्रदेशलाई छोएको छ । स्तम्भ नभएका कारण सुस्ता क्षेत्र पटक– पटक भारतीय अतिक्रmमणमा पर्दै आएको हो । जोर नम्बरका ७ वटा स्तम्भहरु भारतीय पक्षले रङ रोगन गर्ने सहमती छ ।
नेपालतर्फको स्तम्भको रङ रोगनको काम तीन दिनभित्रमा सकिने गरी काम सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीले जानकारी गराएको छ ।