नेकपाको अन्तरक्रियाका लागि विप्लव बुटवलमा

बुटवल, माघ २६ गते । नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले बुटवलमा अन्तरक्रिया गर्ने भएको छ । यही माघ २७ गते शनिबार नेकपाले वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयमा अन्तरक्रिया आयोजना गर्न लागेको हो ।

एकीकृत जनक्रान्तिको बाटो अबलम्बन गरेको विप्लव नेतृत्व नेकपाले रुपन्देहीको बुटवलसहित देशका विभिन्न ठाउंमा अन्तरक्रियाका साथै यो विषयमा छलफल गर्दै आएको छ ।
शनिबार बुटवलमा आयोजित उक्त अन्तरक्रियामा विभिन्न राजनीतिक दलका प्रमुख तथा अध्यक्ष, नागरिक समाजका अगुवा, शैक्षिक व्यक्तित्व, उधोगी व्यवसायी, मिडियाकर्मी र सामाजिक संसस्थाहरुको सहभागितामा अन्तरक्रिया गरिने नेकपा रुपन्देहीका सेक्रेटरी विरेन्द्र सीले नयांदिशालाइ जानकारी गराएका छन् ।

नेकपा महासचिवले सम्बोधन गर्ने उक्त अन्तरक्रियामा सबै विचार राख्नेहरुले आआफ्ना धारणा राख्न दिने कार्यक्रम रहेको सो पार्टीले जानकारी गराएको छ ।
अन्तरक्रियाका लागि नेकपाका महासचिव विप्लव सी बुटवल आइसकेका छन् ।
अन्तरक्रियाका लागि बुटवल आइसकेका महासचिव विप्लवलाई शुक्रबार सांझ बुटवलमा नेकपाका नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् ।