एक पटक जनताको सेवा गर्न चाहान्छौ – विप्लव

बुटवल, माघ २७ गते । नेकपाका महासचिव  विप्लव सीले आफ्नो पार्टीले एक पटक नेपाली जनताको सेवा गर्न चाहेको बताएका छन् । आजसम्मको सत्ताले जनतलाई हेपेर लुटेकाले नेपाली जनताले नयां शक्ति खोजेको अवस्थामा नेकपाले जनताको सेवा गर्न चाहेको उनले बताए ।

नेकपाले शनिबार बुटवलमा आयोजना गरेको वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रियामा बोल्दै उनले भने – राज्य र राजनीतिक नेतृत्वले जनतालाई ठगेको छ ।
उनले नेपाली विशेषताको समाजबादले देशलाई निकास दिन सक्ने दावी गर्दै नेपालका धेरैजसो दलहरुले समाजवाद स्वीकार गरेको बताए । चुनौती र अवसरको मुखमा रहेको देशलाई निकास दिन कम्युनिष्ट क्रान्तिकारी शक्तिवीच सहकार्य र एकताका साथ नेपाली विशेषताको समाजबादको बाटोबाट देशलाई अगाडी बढाउनुको अर्को विकल्प छैन भने ।

संकटको अवस्थामा रहेको नेपाललाई निकास दिन नेपालका दलाल र साम्राज्यवादी शक्तिवीचको सम्बनधको गांठो फुटाउनु पर्ने र नेपालको राज्य शक्ति र दलाल पूंजीवादवीचको गांठो फुटाउन सके मात्रै देशले निकास पाउने महासचिव विप्लवको तर्क छ । उनले राज्यको असक्षमता र साम्राज्यवादी शक्तिको हस्तक्षेपका कारण देश विघटन र विद्रोहको अवस्थामा पुगेपनि देश अगाडी बढ्ने बताए ।

नेपाली जनतालाई स्वाधिन नेपाल चाहिएको बताउंदै मुख्य राजनीतिक दलको नेतृत्व, राज्य, विदेशी साम्राज्यवादी शक्ति र दलाल पूंजीवादका कारण नेपालको अवस्था संकटमा पुगेको बताए । मुख्य भन्ने दलको नेतृत्व र राज्यले झुटलाई सावित गर्न खोज्दा नेपाल र नेपालीको अवस्था कमजोर भएको बताउंदे उहांले त्यसका विरुद्व अग्रगामी शक्तिवीच सहकार्य र एकता हुनुपर्छ भने । उनले सामाजिक र राजनीतिक परिवर्तन अवरुद्व भएकाले नेपालले संकट भोग्नु परेको उल्लेख गर्दै त्यसका लागि अग्रगामी निकासका लागि नेकपा नयां शक्तिको रुपमा आएको दावी गरेका छन् ।

सत्तामा पुगेर पनि केही गर्न नसकेर कम्युनिष्टले गल्ती गरेको बताउनुभयो । लोकतान्त्रिक गणतान्त्रिक शक्तिवीचको सरकार बदलिनु पर्ने बताउंदै उनले भने – लोकतान्त्रिक गणतान्त्रिक शक्ति अग्रगामी शक्ति हो । दलाल पूंजीवाद हावी हुंदा नेपालको हितमा केही गर्न खोजेको राष्ट्रिय पूजीपति वर्ग समस्यामा पर्दा आर्थिक संकट आएको उनको भनाइ छ ।

कार्यक्रममा नेकपाका पूर्वीव्यूरो इन्चार्ज बसन्त सीले नेपाली विशेषता सहितको समाजवादको आधारमा देशलाई अग्रगामी निकास दिन सकिने बताए ।

कार्यक्रममा नेकपा माओवादीका निर्मल जीसी, नेकपा एमालेका हितराज पन्थी, राष्ट्रिय जनमोर्चाका टानबहादुर केसी, नेपाली कांगे्रसका ज्योती भण्डारी, मनिकर कार्की लगायतले बोलेका थिए ।
नेकपाका नेता शरद सीको अध्यक्षता, नेकपा रुपन्देहीका सेक्रेटरी बिरेन्द्र सीको सञ्चालनमा कार्यक्रम भएको थियो ।