पाल्पा जीप दुर्घटनामा परी १० जनाको मृत्यु, १७ घाइते

पाल्पा, फागुन २ गते । पाल्पा डुम्रे बाट तिनाउं गाउँपालिका वडा नंं ६ चिदिस शिखर डांडा जादै गरेको लु १ ज २३७१ नम्वरको यात्रुवाहक जीप दुर्घटना हुंदा घटनास्थमै ८ जनाको र उपचारको क्रममा दुई जनाको गरी १० जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी १७ जना घाईते भएका छन । घटनास्थलमा मृत्यु हुनेमा तिनाउ –६ मस्यामकी ६० वर्षीया यन कुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीया चुना रणपाल, रिव्दीकोट १ ख्याहाकी ६५ बर्षिया दिल कुमारी सुनार र देवदह नगरपालिका – ५ की २९ बर्षिया दिलमाया जिसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठले जानकारी गराएका छन् ।

लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीया गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा पाल्पा तिनाउ ६ की २० बर्षिया कृष्णा पन्त, सोही ठाउँकै १९ बर्षिया उमा रास्कोटी, २१ बर्षिया अमृता गहतराज, १९ बर्षिया शान्ती राना, ९ बर्षिय शौरव पुन, ४५ बर्षिय तुल बहादुर नेपाली, २८ बर्षिया कमला सुनार, रुपन्देही खैरेनी – ५ का ९ बर्षिय विवेक जिसी, सोही ठाउँकै ६ बर्षिय अस्मित जिसी, तानसेन ७ की ४२ बर्षिया सविता परियार, रिव्दिकोट १ की ३० बर्षिया रमा सुनार, सोही ठाउँकै ६ बर्षिया विधा सुनार, ६ बर्षिया साया सुनार, ५ बर्षिय आलब सुनार, तानसेन १० का ४५ बर्षिय जिप चालक दान बहादुर चिदी, रुपन्देही हरैयाकी ३० बर्षिया भुमी पुन र १ जना ३६ दिनको वालिका गरी १७ जनाको लुम्विनी मेडिकल कलेज पाल्पामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

मंगलवार वेलुका करीव ५ बजेको समयमा लु १ ज २३७१ नम्वरको जिप चिदिस शिखरडाडा जादै गर्दा उकालोमा व्याक भई दुर्घटना भएको थियो । जिप सडक बाट ३ मिटर तल अर्काे सडकमा खसेको छ । । जिप ओभरलोडको कारण दुर्घटना भएको बताइएको छ ।