देशभरका स्कुलहरुले मनाए बसन्त पञ्चमी

बुटवल, फागुन २ गते । सिर्जनाकी देवीका रुपमा मानिने सरस्वतीको आराधना गर्दै बुधबार देशभर सरस्वती पूजा गरी बसन्त पञ्चमी पर्व मनाईएको छ । हिन्दु धर्मावलम्बीले सरस्वती मन्दिर तथा पुस्तकको पूजा गरेर यो पर्व मनाउने गर्दछन् । बिभिन्न बिद्यालय, बिद्याको मन्दिर तथा सरस्वती मन्दिरहरुमा बिहानैदेखि पूजा आराधना शुरु गरिएको थियो । यो दिन सरस्वतीको पुजागरे विद्या, वुद्धी, र ज्ञान प्राप्त हुने जनविश्वास रहेको छ ।

चन्द्रमा जस्तो गोरो वणर््ँ भएकी तथा हातमा वीण्ाँ र पुस्तक लिएकी विद्याकीदेवी सरस्वतीलाई भक्तजन भारती, शारदा, हंसवाहिनी, जगत्माता, वागेश्वरी, कौमारी, वरदायिनी, बुद्धीदात्री, ब्रहमचारिण्ँी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले पुकार्ने गर्छन् ।

सरस्वती पूजाको दिनमा बालबालिकालाई अक्षर आराम्भ गराए शुभ हुने विश्वास अनुरुप सबैले आफ्ना बाबु नानीहरुलाइ अक्ष्ँर चिनाउने गर्छन् । त्यस्तै बालबालिकाहरुको नाक कान छेंड्ने प्रचलन पनि रहेको छ । सरस्वती पूजाको अवसरमा विद्यालयहरुमा सरस्वतीको मूर्ति तथा तश्वीरमा पुजा गरी विद्यार्थीहरुले यो पर्व मनाएका थिए । सरस्वती पुजाका दिनदेखि वसन्त ऋतु प्रारम्भ हुने भएकाले यो दिनलाई वसन्त पञ्चमीका रुपमा पनि मनाउने गरिन्छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेÈ गरी साहित्यकार, कलाकार, पत्रकार, संगीतकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तुलाई सरस्वतीका रुपमा पूजा गर्छन् भने तान्त्रिकहरु तन्त्र सिद्धीका लागि तारादेवीका रुपमा सरस्वतीको आराधना गर्दछन् । त्यस्तै हलो र गोरुको पूजा गरे अन्नबाली राम्रो हुने जनविश्वास पनि रहेको छ ।
यसैविच पहाडी जिल्लाका ग्रामिण क्षेत्रहरुमा ऋषिपञ्चमीको दिन वर्षभरीको ऋण तिर्ने भाखा समेत राखिएको हुन्छ । पुरानो ऋण तिरी आजकै दिनदेखि आगामी वर्षको लागि नयां ऋणको खोजी गर्ने प्रचलन अझैपनि छ । श्रीपञ्चमीको दिनदेखि वसन्त ऋतु आरम्भ भएको मानिन्छ । यसक्षेत्रका सरकारी र नीजि विद्यालयहरुले विभिन्न रचनात्मक कार्यक्रम गरी सरस्वती पूजा गरेका छन् ।

बुटवल १० योगिकुटीस्थित बुटवल ईलिट इङ्लििस स्कुल, प्यारामाउण्ट उच्च मावि, होराईजन उच्च मावि, सिद्धार्थ बोर्डिङ स्कुल, बुटवल पब्लिक, दीप वोर्डिङ स्कुल, अक्सफोर्ड मावि, लुम्बिनी बोर्डिङ स्कुल, कालिकामानव ज्ञान माध्यमिक विद्यालय, नयांगाउं मावि, शान्ति नमुना मावि, कान्ति माविलगायत सबैजसो विद्यालयले विहानैदेखि सरस्वती पुजा गरेका छन् ।
बुटवल १० योगिकुटीस्थित बुटवल ईलिट इङ्लििस स्कुल सा.स्कृतिक कार्यक्रम र पुरस्कार तथा सम्मान कार्यक्रम गरेको छ ।