कपिलवस्तु दुर्घटना,१० जनाको मृत्यु, ३२ घाइते

विनोदकुमार परियार

कपिलवस्तु, फागुन ३ गते । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ । बुधबार राती करिब १२ बजे तिर महेन्द्रनगरबाट काठमाडौ जांदै गरेको सुनौलो महाकाली यातायात दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका मध्ये ८ जना गम्भीर घाइते छन्, भने २४ जना सामान्य घाइते रहेको बताईएको छ । प्रहरीका अनुसार सुनौलो महाकाली यातायातले संचालन गरेको सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको छ ।

दुर्घटनामा मृत्यु भएकामा ३ जना महिला र ७ जना पुरुष रहेपनि पहिचान खुल्न बांकी छ । दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवलमा उपचार भैरहेको छ ।
अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी गराएका छन् ।