कपिलवस्तु दुर्घटनामा मृतक १० जनाको सनाखत

विनोदकुमार परियार

कपिलवस्तु, फागुन ३ गते । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ । बुधबार राती करिब १२ बजे तिर महेन्द्रनगरबाट काठमाडौ जांदै गरेको सुनौलो महाकाली यातायात दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।प्रहरीका अनुसार सुनौलो महाकाली यातायातले संचालन गरेको सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको छ ।

मृत्यकमध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिक हल ३ बस्ने शमशेरदल गण गोरुसिंगे नेपाली सेनामा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको प्रहरीले बताएको छ ।

त्यस्तै प्रहरीका अनुसार भिमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भिमदत्त नगरपालिका १६ कन्चनपुर वर्षीय सन्जु थापा, पुनरवास नगरपालिका निवासी किसन भट्ट, भिमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती,भिमदत्त नगरपालिका २ बस्ने सुदिप भट्ट र पुनरवास नगरपालिका ९ बिसफाटा वस्ने विमलादेवी भट्टको पहिचान खुलेको छ ।