कपिलवस्तुमा एक पुरुषको शव फेला

बुटवल, फागुन ७ गते । कपिलवस्तु नगरपालिका ४ पिपरी गाउंदेखि दक्षिणतर्फको नहरको कुलोमा हत्या गरी गाडिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । आइतबार सांझ ६ बजेतिर कोदाहवा चोकदेखि दक्षिण ५ सय मिटर नहरको कुलोमा टाउको नभएको शव खाल्टोमा गाडिएको अवस्थामा फेला परेको हो । उक्त पुरुषको पहिचान हुन सकेको छैन ।
स्थानीयले कुलोमा मृत पुरुषको शव देखेपछि स्थानीयले सोही वडाका वडाध्यक्ष रवीन्द्र तिवारीलाई खबर गरेका थिए । आइतबार सांझ शवको घुंडाको भाग मात्र देखिएको थियो । सोमबार बिहान खनेर पुरुषको शव निकालिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए । अन्यत्रै हत्या गरी टाउको छिनालेर कुलोमा खाल्टो बनाई शव गाडिएको प्रहरीले बताएको छ । शरिर र यौनांग जलेको अवस्थामा रहेको छ । प्रहरीका अनुसार पुरुषले जिन्सको सट लगाएको र नाडीमा धागोसमेत बांधिएको अवस्थमा रहेको छ । टाउको भने अझै फेला परेको छैन ।
प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर शवको मुचुल्का गरेको छ । प्रहरीले घटनास्थलमा तालिम प्राप्त ककुरसहित टोली परिचालन गरेको छ । मृतकको अझैसम्म पहिचान भने नखुलेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले जानकारी गराए ।शव पोस्र्टमका लागि कपिललस्तु अस्पताल लगिएको छ ।