संविधान कार्यान्वयनमा दल बाधक – संविधान विद्

बुटवल, फागुन १२ गते । संविधान विद् काशिराज दाहालले राजनीतिक दलका कारण संविधान कार्यान्वयन हुन नसकेको बताएका छन् । संविधान बनाएका दलहरुले नै संविधान कार्यान्वयनका लागि इच्छा शक्ति नदेखाएकाले संविधान कार्यान्वयन नभएको र संविधानप्रति वितिष्णा पैदा हुन थालेको बताए ।

रिपोर्टर्स क्लवले शनिबार बुटवलमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उहांले संविधान कार्यान्वयनका लागि राजनीीतक दल र नेतृत्वमा इच्छा शक्ति हुनुपर्छ भने ।
संविधान विद् दाहालले राजनीतिक दलहरु सत्ता, शक्तिको भरमा राजनीतिलाई उद्योग बनाएर श्रोतसाधन दोहोनमा लागेको आरोप लगाए । संविधान कार्यान्वयन हुन नसक्दा समाजमा सुशासन कायम हुन नसकेको र भ्रष्चार बढेको दाबी गरे ।

संविधान आफैमा पूर्णता नहुने उल्लेख गर्दै संविधानलाई गतिशील दस्तावेजको रुपमा कार्यान्यन गर्नुपर्छ, त्यसका लागि राजनीतिक दल सक्रिय हुनुपर्ने उनको तर्क छ ।
राजनीतिक दलहरुले संविधानको मर्म र भावना अनुसार संविधान कार्यानयनका लागि अभ्यास र सहमति नै नगरेको आरोप लगाए । संविधान विद् दाहालले कुनैपनि देशमा भएका संविधानबाट सबै नागरिक सन्तुष्ट नरहेको उल्लेख गर्दै नेपालको संविधानमा पनि कमजोरी भए सच्चउन सकिने बताए ।

संविधान बिद दाहालले विकसित मुलुकको विकास हुनुको मुख्य कारण संविधानलाई सबैले स्वीकार गर्नु रहेको बताउँदै नेपालमा अभ्यास नहुंदा संविधानले पूर्णता नपाएको बताए । उनले सबै नीतिको नीति राजनीति हो, राजनीतिको मुहान नै फोहोर भएकाले देशमा अराजकता, भ्रष्टार बढ्दा संविधान ओझेलमा परेको हो भने ।
कुनैपनि संविधानलाई गतिशील बनाउन जनताले संविधानको अननुभूति गर्नुपर्छ, आवश्यक कानुन समयमा बनाउनु पर्छ र संविधान स्वीकार नगर्ने शक्तिको कमजोरी खोजी मुलधारमा ल्याउनु पर्ने उनको भनाइ छ ।

संविधानले दीगो शान्ति, सुशासन र विकासलाई अगाले पनि संविधानको मर्म र भावनाको कदर नभएको संविधान विद् दाहालले बताए । उनले निर्वाचन प्रणाली महंगो तथा बढी खर्चिलो भएकाले निर्वाचन प्रणाली सुधार गर्नुपर्ने बताए ।
रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशका अध्यष रामकुमार क्षेत्रीको अध्यक्षतमा कार्यक्रम भएको थियो ।