युवा संगठन रुपन्देहीको सम्मेलन बुटवलमा

बुटवल, फागुन १९ गते । नेकपा निकट युवा संगठन नेपाल, रुपन्देहीको ७ औं जिल्ला सम्मेलन भएको छ । युवा संगठनले आफ्नो ७ औं जिल्ला सम्मेलन शनिबार बुटवलमा सम्पन्न गरेको हो ।सम्मेलनबाट प्रदेशी सीको अध्यक्षतामा ३५ सदस्यीय उत्तरी जिल्ला समिति र रामबचन सीको संयोजकत्वमा ११ सदस्यीय दक्षिण जिल्ला समिति गठन गरिएको छ ।

राष्ट्रघात, जनघात, भ्रष्टाचार र दलाल संसदीय व्यवस्थाविरुद्ध हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता, जुझारु संगठन र नेपाली विषेशताको समाजवादको लागि सातौं जिल्ला सम्मेलन! भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको थियो ।

उक्त युवा संगठनको सम्मेलनमा बोल्दै नेकपा स्थायी समिति सदस्य तथा फ्र्याक्सन इन्चार्ज शिलु सीले देशको राष्ट्रिय, स्वाधीनता संकटमा पर्दै गएको बताऊँदै युवा संघठनको दायित्व स्वाधिनताको रक्षागर्नु हो भनिन् । कार्यक्रमकी प्रमुख अतिथि शिलुले मुख्यतः दुईखाले प्रवृती अमरीकी साम्राज्यबादको हस्तक्षेप र दलाल पुजीवादका बिरुद्ध संघर्ष गर्दै नेपाली विशेषताको समाजबादका लागि अबको आन्दोलन उठाउनुपर्ने बताइन । बामपन्थी शक्ति, देशभक्त शक्ति र लोकतान्त्रिक गणतन्त्रबादी शक्तिहरुको सहकार्यमा समाजबाद नल्याएसम्म नेपालको समस्या हलहुन नसक्ने उनको तर्क छ ।

देशका उद्योगधन्दा निजिकरण गर्ने र टाट पल्टाउने अनि युवाहरुलाई बिदेश पलायन गर्ने राज्य सत्ताको प्रवृत्तिका कारण मुलुकको अर्थतन्त्र टाट पल्टिने खतरा भएको भन्दै देशमा कलकारखाना खोल्ने कृषि र उत्पादनलाई जोड दिंदै स्वदेशमै रोजगारी सृजना गर्नुको बिकल्प नरहेको नेतृ शिलुले बताइन ।


नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज शरद सीले देशको राष्ट्रिय, स्वाधीनता संकटमा पर्दै गएको बताउंदै देशलाई निकास दिन नेपाली विशेषताको समाजबादमा जानुपर्नेमा जोड दिए ।

युवा संगठन जिल्ला संयोजक परदेशी सीको अध्यक्षता र पदम सीको सन्चालनमा सम्पन्न कार्यक्रममा नेकपा रुपन्देही सेक्रेटरी बिरेन्द्र सी, बिश्वास सी, युवा संगठन नेपालका केन्द्रीय सदस्य विश्लेषण सी, दक्षिण जिल्ला सेक्रेटरी नवीन सी एवम् संगठनका केन्द्रिय ब्युरोसदस्य लगायत विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरुले बोल्दै आआफ्ना धारणहरु राखेका थिए ।