होलीमा ग्याङ फाइट, ललितपुरमा दुई जना मृत्यु

काठमाडौं, चैत १२ गते । होली खेल्ने क्रममा भएको विवादले झडपको रुप लिएपछि ललितपुरमा दुईजनाको ज्यान मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गएराति ग्याङ फाइट हुँदा करिब २८ वर्षीय रोवश राई र करिब २९ वर्षीय पुजन राईको मृत्यु भएको ललितपुर प्रहरीले बताएको छ ।

प्रहरकिा अनुास रआइतबार राति अन्दाजी ११ बजे ढालाहिटीस्थित सडकमा युवाहरुबीच ग्याङ फाइट भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार मृतक युवाको छात्ती र तिघ्रामा छुरा प्रहार गरेको गहिरो घाउ छ। रोवशको पाटन अस्पताल र पुजनको सुमेरु अस्पतालमा मृत्यु भएको थियो ।

पाँचथर घर भएका पुजन ललितपुरको खुमलटारमा बस्थे। सुनसरीको धरान घर भएका रोवश ढोलाहिटीमै डेरामा बस्दै आएका थिए । मृतक दुई युवा र पक्राउ परेका १८ जना होली खेलेको हुलियामा छन्। आइतबार होली खेल्ने क्रममा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा युवाहरुबीच झडप भएको थियो । त्यसक्रममा प्रहरीले ७६ जनालाई पक्राउ गरेको छ ।