त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु

काठमाडौं, चैत १७ गते । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी चितवनस्थित त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका ७ का ट्याक्सी चालक ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही स्थानका ४१ वर्षीय हरिमायां रोकाय, ७० वर्षीय जुनकिरी रोकाय, २८ वर्षीय अन्जना रोकाय, ९ वर्षीय बालक आगमन रोकाय रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेहरु गोरखाका हुन् । गोरखा नगरपालिका–७ का अर्जुन सिर्मल, हरिमाया रोकाया, जुनकिरी रोकाया, अन्जना रोकाया र आगमन रोकायाको मृतयु भउको छ । मृत्यु हुनेमा एक बालिका, दुई महिला र दुई पुरुष रहेका छन् ।

आज शनिबार बिहान काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हो।