बस ब्यवसायी प्रालिमा नयां नेतृत्व

बुटवल, चैत, १८ गते । पश्चिम नेपाल बस ब्यवसायी प्रालिको निर्वाचनबाट दधिराम खरेल नेतृत्वको प्यानलै बिजयी भएको छ। प्रालिको चौथो साधारणसभा तथा दोश्रो अधिवेशनबाट सम्पन्न निर्वाचनबाट दधिराम खरेल नेतृत्वको प्यानल बिजयी भएको छ ।
खरेल नेतृत्वको प्यानल विजयी हुंदा पदमराज गाहा नेतृत्वको प्यानल पराजीत भएको हो। वर्तमान अध्यक्षसमेत रहेका दधिराम खरेल र पूर्व सञ्चालक पदमराज गाहाको अलग अलग समुहले नेतृत्वका उम्म्ेदवारी दिएको थियो ।
प्रालिको निर्वाचन समितिका निर्वाचन प्रमुख रामराज पोखरेलका अनुसार प्रालिको सञ्चालक पदमा वर्तमान अध्यक्ष दधिराम खरेलले कुल खसेको मतमध्ये १४३६ मत रामचन्द्र भुसालले १४६७ मत जीवनकुमार बन्जाडेले १३४७ मत मोहन पिएसले १४४० मत नारायणप्रसाद घिमिरेले १२६३ मत गोपालबहादुर पौडेलले १३८६ मत चेतनारायण बेल्वासे (गोली) नारायणले १३८४ मत सुरेन्द्र श्रेष्ठले १३२६मत जितेन्द्र खत्रीले १३३१ मत रामचन्द्र खड्काले १२८३ मत र नारायण भण्डारीले १२५१ प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी रुट सदस्य पदमा भने मिश्रीत परिणाम आएको छ। चैत १४ गते भएको मनोनयनमा रुट नं १ को रुट संयोजकमा जिवन रेग्मी रुट नं २ को संयोजकमा बिधान राज श्रेष्ठ रुट नं ३ बिजय कुमार श्रेष्ठ रुट नं ८ सागर पिएस र रुट नं १६ लिलाधर खराल यस अघि नै निर्विरोध भैसकेका छन् भने । रुट नं ४ को संयोजकमा थमन बहादुर बस्नेत रुट नं ५ कमलबहादुर क्षेत्री रुट नं ६ राम भगत चौधरी, रुट नं ७ शंकर ज्ञवाली ( प्रकाश) रुट नं ९ हिमाल श्रेष्ठ, रुट नं १० युवराज नेपाल रुट नं ११ सुर्य प्रकाश ढुंगाना रुट नं १२ मन बहादुर पौड्याल रुट नं १३टेकाराज भटराई (रामु) रुट नं १४ डोरनाथ ढकाल र रुट नं १५ प्रकाश बन्जाडे बिजयी भएका छन्।
दुई हजार १ यातायात ब्यवसायी सदस्य रहेको पश्चिम नेपाल बस प्रालिमा १ हजार ९ सय १ मत खसेको थियो। प्रालिको नियमावली अनुसार निर्वाचित ११ जना सञ्चालक मध्येबाट एक जना अध्यक्ष, प्रवन्ध सञ्चालक एकजना लेखा सञ्चालक चयन गर्ने ब्यवस्था छ ।
सोही व्यवस्था अनुसार समिति विस्तार गरिने छ ।