आगोमा जलेर अर्घाखांचीको असुरकोटमा ४ वर्षिय बालिकाको मृत्यु

बुटवल, बैशाख १७ गते । अर्घाखांची भूमिकास्थानको असुरकोटमा सोमबार दिउंसो लागेको आगोले जलेर १ बालिकाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुंदा घरभित्र रहेकी खिमबहादुरकी ४ वर्षीय नातिनी अप्सरा बिकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका प्रमुख डीएसपी प्रतीतसिंह राठोरले जानकारी गराए ।

आगलागीमा २ घर र २ गोठ जलेर नष्ट भएका छन्। घरमा लागेको आगलागीमा परेर बालिकाको शब डढेको अबस्थामा भेटिएको थियो। हजुरबुबा घर बाहिर गएको समयमा आगलागी भएकोले घर भित्र रहेकी बालिका भित्रै आगोले जलेर मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

आगलागीमा खिमबहादुर बिक र बारबहादुर बिकका २ घर र २ गोठ गरी ४ घरगोठ जलेर नष्ट भएका छन्। आगलागीको कारण र क्षतिबारे एकीन नभएको र क्षतीबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख डीएसपी राठोरले बताए ।