एमाले फुटाउन सरकारले अध्यादेश ल्यायो – विष्णु पौडल

  1. श्यामलाल पोखरेल
    बुटवल, भदौ २३ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले विभाजन गर्न सरकारले दल सम्बन्धी अध्यादेश ल्याएको बताएका छन् । एमाले फुटाउन ल्याइएको अध्यादेश संसदबाट पास गरेर देखाउन सरकारलाई चुनौती दिंदै सरकारले गलत मनसायका साथ अध्यादेश ल्याएको बताए ।
    पे्रस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पौडेलले लुम्बिनी एमाले विभाजन नभएको दावी गरे ।लुम्बिनीका सबै जिल्लामा एमालेमा एकमत रहेको र कुनै जिल्लामा विभाजन नभएको दावी गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले भने केही अवसरबादीहरुले छोड्दैमा एमालेमा विभाजन हुदैन ।
    एमाले छोडेका माधव नेपालको समूहप्रति व्यङेगर्दै नेता पौडेलले भने दाजुभाइको रिसले आमामाथि बन्चोर हाने । माधव नेपालहरुले जवजसमेत छोडेको आरोप लगाउंदै आसन्न निर्वाचनमा तिनै तहका निर्वाचनबाट धरौटी पनि फिर्ता नहुने दावी गरे ।
    आसन्न निर्वाचनमा एमालेले २०७४ को भन्दा राम्रो नतिजा ल्याउने दावी गर्दै जनताको मत ल्याउन एमाले कोहीसंग गठबन्दन गर्न नपर्ने उपमहासचिव पौडेलको दावी छ ।
    एमसीसीबारे एमालेको धारण के हो ? भनी सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिंदै एमाले उपमहासचिव पौडेलले एमसीसीबारे खासै समस्या नभएको बताउंदै राष्ट्रको हितलाई केन्द्रमा राखेर एसीसीबारे एमालेले निर्णय गर्ने बताए । एमसीसी नेपालको लागि ठिक बेठिक केहो ? खासै खुलेर बोलेनन । उनले सरकारले विकासका योजनाहरुमा अबरोध सिर्जना गरेको बताउंदै आफु अर्थमन्त्री हुंदा ल्याएको बजेट ठिक भएको दावी गरे । पे्रस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरी र सम्झना सर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।
    प्रदेश कमिटीलाई पूर्णता
    एमाले लुम्बिनी प्रदेशको बुटवलमा सम्पनन बैठकले प्रदेशको नेतृत्व र जिल्ला जिल्लाको नेतृत्व चयन गरेको छ । एमालेले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी, उपाध्यक्षमा खेममान खडका, सचिवमा भुमिश्वर ढकाल र उपसचिवमा दुर्गा थारु कार्यालय सचिव बलराम अधिकारीलाई जिम्मेवारी दिएको छ । जेठ दुईअघि एमालेका जिल्ला अध्यक्ष रहेका १२ जिल्लामध्ये १० जिल्लाका अध्यक्ष एमालेमै रहेका छन् ।
    यसअघि तटस्थ रहेका दाङका अध्यक्ष टिकाराम खड्का पनि एमालेमै खुलेका छन् । बर्दिया र रोल्पाका एमाले अध्यक्ष मात्र नेकपा एकीकृत समाजवादीमा लागेका छन् । कमिटीमा नेकपा एकतामा माओवादीबाट आएका नेताहरुलाई पनि सोहीअनुसारको जिम्मेवारीमा व्यवस्थापन गरिएको एमालेले जनाएको छ ।
    जिल्लाको नेतृत्वमाको को आए
    रुपन्देही
    शिवराज सुवेदी, अध्यक्ष
    पुरुषोत्तम घिमिरे, उपाध्यक्ष
    जागेश्वरी चौधरी, सचिव
    गोपाल राना, उपसचिव
    दाङ
    टिकाराम खडका, अध्यक्ष
    हुकुम बस्नेत, उपाध्यक्ष
    मनोहर वुढाथोकी, सचिव
    कृष्ण भुषाल, उपसचिव
    बर्दियाः
    लालवहादुर श्रेष्ठ, अध्यक्ष
    शालिकराम अधिकारी, उपाध्यक्ष
    पदम ढकाल, सचिव
    नुतन चौधरी, उपसचिव
    बाँकेः
    निरक गुरुङ, अध्यक्ष
    किस्मत कक्षपती, उपाध्यक्ष
    रत्न खत्री, सचिव
    प्रमोद धिताल, उपसचिव
    रोल्पा
    वालाराम वुढा, अध्यक्ष
    विजय घर्ती, उपाध्यक्ष
    निमप्रसाद रोका, सचिव
    राजेन्द्र वुढाथोकी, उपसचिव
    रुकुम पूर्व
    टोपवहादुर वली, अध्यक्ष
    रुजिधन घर्तिमगर, उपाध्यक्ष
    लिलामणि गौतम्, सचिव
    तेजेन्द्र वुढामगर, उपसचिव
    प्युठान
    तुलसी शर्मा, अध्यक्ष
    हुकुम खडका, उपाध्यक्ष
    मोहन जिसी, सचिव
    उपसचिव इञ्चार्जको प्रस्तावमा कमिटीले चयन गर्ने ।
    अर्घाखाँची
    चेतनारायण आचार्य, अध्यक्ष
    जिवनारायण कोइराला, उपाध्यक्ष
    तोजवहादुर रायमाझी, सचिव
    प्रेम गैरे, उपसचिव
    गुल्मी
    मधुकृष्ण पन्त, अध्यक्ष
    वालसिं काउछा, उपाध्यक्ष
    सोमप्रसाद सापकोटा, सचिव
    धर्म विक, उपसचिव
    पाल्पा
    नारायण आचार्य, अध्यक्ष
    मोहन थापा, उपाध्यक्ष
    ओजवहादुर घर्ति, सचिव
    कमल पाण्डे, उपसचिव
    पश्चिमनवलपरासी
    तुलसी पासी, अध्यक्ष
    डोलराज भण्डारी, उपाध्यक्ष
    थानप्रसाद गैरे, सचिव
    राजन आचार्य, उपसचिव
    कपिलवस्तु
    झविलाल पोखरेल, अध्यक्ष
    वावुराम खनाल, उपाध्यक्ष
    वावुराम आचार्य, सचिव
    विश्राम चौधरी, उपसचिव