नेकपा मसालको सकारत्मक निर्णय

सुरेशकुमार पान्डे। अरुले के भन्छन के गर्छन त्यो उनको बिषयहो।तर नेकपा मसालले अहिले आफ्ना कयौँ पुराना अशन्तुष्ट वा कार्वाहि झेल्दै आउँनु भएका पुराना साथिहरुलाई नजिक ल्याउँने उदेश्यले आफुलाई लागेका कुरा राख्न सक्ने बाताबरण मिलाउँदैछ।उनिहरुले आफ्नो बिचार राख्न पाउँने अधिकारलाई शुरक्षित गर्ने उदेश्यले उनिहरुको बिचमा एउटा बार्ता समिति गठन गर्ने ऐतिहाशिक अभ्यासको सुरुवात गर्दैछ।नेकपा मसालले चालेको यो ऐतिहाशिक कदमको सह्राना गर्नैपर्छ।त्यो बिषयलाई नकारत्मक रुपमा नहेरेर सकारत्मक रुपमा हेर्न सकेपछि त्यही प्रकृयामा गए पार्टीलाई फाईदा हुनेछ भन्ने हामिलाई पनि लाग्छ।सबै बिषय बस्तुको छिनोफानो गर्ने आखिरि आधार भनेको निश्पक्षिय छलफलनै हो।छलफल बाट समितिले अगाडि सारेका नियमहरुलाई एकमना एकता गरेर जानुपर्छ।
अहिले देशभित्र कयौँ आफुलाई कम्युनिष्ट भनौदाहरुले पार्टीलाई टुक्रा टुक्रा पारेको बेला मसालले आफ्ना असन्तुष्ट नेता कार्यक्रताको बिचमा बार्ता गरेर यदि स्थिति हल हुनसक्छ भने बार्तामा किन नजाने?“मेरो गरुको बारै टक्का“भन्नु भन्दा पनि आपसमा कयौँ बिषयलाई भित्र भित्रै समाधान गरेर जाँदा हामि बलिया हुन्छौँ र हाम्रो भबिस्यपनि उज्वल हुन्छ।
हामिलाई थाहाछ हाम्रा नेताहरु जो भित्रछन वा जो बाहिर भयकाछन उनि दुबै पक्षका नेताहरुको पुरानो अनुभव पनि छ।पार्टीमा उनिहरुले दिएको ऐतिहाशिक योगदान पनिछ त्यो सबैलाई ध्यान दिएर यदि पार्टीले बार्ता गर्न खोजेकोछ भने त्यसलाई साथिहरुले सकारत्मक रुपमा लिनुपर्छ जस्तो मलाई लाग्छ।फुटेर कुनैपनि पार्टी संगठनलाई बेफाईदानै हुन्छ।
अहिले महाधिबेशन भन्दा पहिलेका बिचारलाई ल्याउँनु पार्टीको अनुसाशन बिपरित कुरा हुन्छ त्यसकारणले अहिले हामिले यो बारमबार अल्पमत र बहुमतका कुराहरुको उठान गर्नुलाई पार्टी अनुसाशनको खिलाफ र गैर सम्बैधानिक हुनेछ।हामिले माधिबेशन सिधिएपछि पार्टीको लाईनका कुराहरुलाई लिएर एकमना एकता बनाउँनु पर्दछ।पार्टीले लिएका निर्णयहरुलाई कार्यन्वयन गर्ने क्रममा एकरुपता ल्याउँनुपर्दछ।चित्त नबुझेका बिचारलाई राख्ने भरपर्दो माध्याय पार्टीको भित्रनै बनाउँनुपर्छ।र पार्टीलाई फाईदा पुग्ने बिचारलाई पार्टीको अनुसाशनमा रहेर ल्याएका बिचारहरुको सम्मान पनि हुनुपर्छ।पार्टी भित्र पार्टी अनुसाशनमा रहेर बोल्न पाउँने ठाउँको सिर्जना गर्नुपर्छ।पार्टी बाट कार्वाही गर्दापनि गलतिनुसारको म्यादलाई शान्द्रभिक रुपमा तोक्नु पर्छ।पार्टीका पेसेवर जस्ले सबै नीजि काम छाडेर पार्टीको लागि झोला बोकेकोछ भने त्यसलाई उस्ले गरेको त्यागलाई ध्यानमा राखेर गलति अनुसारको सजाए तोक्नोपर्छ।
कुनै कार्याक्रतालाई अन्याय नहौश भन्नेमा पार्टी हमेसा सजग हुनुपर्छ।अहिले पार्टीले अप्नाएको लचिलो ब्यबहारले अन्यायमा परेको जस्तो लागेका मित्रहरुले आ–आफ्ना राय पार्टी भित्र राख्न पाउँनु हुनेछ।पार्टीले पार्टीलाई बलियो गराउँने कम्युनिष्ट क्रान्तिकारीहरु कसैलाई पनि फाल्नु भनेको पार्टीलाई कम्जोर गराउँने र क्रान्तिकारी आन्दोलनलाई क्षति पुराउँनुनैहो।तर पार्टीमा बस्न खोज्ने का.ले पार्टीलाई नोक्सान पुग्ने खालका बिचारलाई आफ्नो मनमर्जिले जाँहा पायो त्यँहा बोल्नु पनि हुँदैन भन्ने कुरालाई बुझ्नुपर्छ।पार्टी बलियो हुन्छ पार्टी भित्रका ईमानदार नेता कार्यक्रताको कार्यमा एक रुपताले मात्रै।
पार्टीलाई अनाबस्याक लाच्छान लगाउँने जाँ मनलाग्छ त्यँहि पार्टी वा नेतृत्वको आलोचनाले पार्टीलाई नोक्सान पुग्छ।अहिले पार्टीले बार्ता समिति बनाउँने निर्णय गरेपछि कतिपय साथिहरुले अनाबस्याक तर्क राखेर पुराना माहाधिबेसन भन्दा पहिलेका कुराहरुको उठान गरेर फेरी पनि नकारत्मक बिचार पस्किनु भयकोछ।त्यो कुण्ठा ग्रस्त र फुट प्रस्त बिचारधारालाई मलजल पुराउँने ब्यबहारहो।
मित्रहरु हामि सबैको एउटै उदेश्यहो सकेसम्म आफ्नो घरभित्र भयको रोघको उपचार गरौँ उपचार गर्ने क्रममा आफै रोगि नबनौँ।
घरको झैझग्डालाई घरभित्र समाधान गरौँ भन्ने बिचारलाई कत्तिपनि गलत भन्न सकिदैन।हाल पार्टीको बिशेष महाधिवेशनका कुराहरुलाई पनि यतिबेला ठिक भन्न मिल्दैन किन कि पार्टी भित्र बेला बखतमा बेग्ला बेग्लै बिचारहरु जन्मिने गर्छन जति बेलापनि हामिले महाधिबेशन गर्न सकिदैन र त्यो परमपरा पनि बनाउँनु हुँदैन।पार्टीले लिएको ऐतिहाशिक निर्णयलाई स्वागत गर्दै बार्तामा बसौँ र अगाडिको कार्याक्रमलाई तजुर्मा गरेर पार्टीलाई अखण्डित र दरिलो बनाउँ।१९–०९–२०२१,