प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका बामदेवले प्रचण्डलाई धक्का दिने दाबी


बुटवल, मंसिर १३ गते । जनयुद्द अघिदेखि लामो समयसम्म नेकपा माओवादीमा काम गरेका नेकपा माओवादी केन्द्रका नेता वामदेव क्षत्री लगायतका नेताहरुले प्रचण्डको साथ छोडेका छन् । प्रचण्डले माधव, वामदेव, झलनाथ लगायतसंग पार्टी एकता गर्दा हाल रुपन्देहीका बामदेव क्षेत्री लगायतका नेताहरु प्रचण्डको एकतामा सामेल भएनन् ।

प्रचण्ड, माधव, झलनाथ, बामदेवलाई धक्का दिने गरी उनीहरु नवगठित नेपाली कम्युनिष्ट पार्टीमा लागेनन् । प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागे । तत्कालिनमा माओवादी हुंदा डा. बाबुराम भट्राई निकट मानिने बामदेव आफुसंगै दर्जन बढी नेतासहित प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका छन् । उनले रुपन्देहीसहित लुम्बिनी प्रदेशका सबैजसो जिल्लाका कैयौं नेता तथा कार्यकर्ता प्रगतिशील लोकतान्त्रिक पार्टीमा लैजाने गरी घरदैलो अभियानमा जुटेको एक नेताले बताए ।
माओवादी केन्द्रमा लामो समय काम गरेका क्षेत्रीसंगै जिल्ला र प्रदेश तहका दर्जन बढी नेताहरु प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका छन् । जसले गर्दा प्रचण्डसंगै माधव, झलनाथ र बामदेवलाई धक्का लाग्ने देखिएको पूर्व माआवादीका स्थानीय नेता नारायण नागिलाले बताए ।

प्रचण्डलाई छोडेर नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बामदेव क्षेत्री, गोविन्द केसी, किस्मत वि.क, त्यस्तै लुम्बिनी प्रदेश कार्यालय सचिव यज्ञ पोखरेल, लुम्बिनी प्रदेश समितिका सदस्य कृष्ण भण्डारी, भक्तबहादुर पुन लगायत छन् ।
पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधवकुमार नेपाल सह–संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी छोडेको र आफुहरु प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्द भएको विज्ञप्ती मार्फत उनीहरुले नाम सार्वजनिक गरेका छन् ।
चार जना केन्द्रिय सदस्यसहित १० जनाले प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेको र अन्य थुप्रै साथिहरु पनि यही प्रगतिशील लोकतान्त्रिक पार्टीमा आउने बामदेव क्षेत्रीले बताए । सत्तामा गएपछि माओवादीमा रुप परिवर्तन भयो । मैले पार्टी बनाएर देखाउं छु । पार्टी बनाउने मेरा लागि च्यालेन्ज पनि छ, पार्टी बनाउनु छु भन्दै बामदेवले भने मसंग ६ जना केन्द्रिय सदस्य आए । अधmै माओवादीबाट ल्याउनु छु । तर माओवादीबाट सबै मान्छे ल्याउन्न । राम्रा मान्छे मात्रै ल्याउंछु, अल्छी, दुराचारी, बेविचारी, भ्रष्टाचारीलाई ल्याउन्न ।
बाबुराम भट्टराई, जनार्दन शर्मा प्रभाकर, राम कार्की, सन्तोष परियार नेतृत्वको प्रगतिशील लोकतान्त्रि पार्टीमा लाग्यौ अब हामी यही पार्टीबाट अगाडि बढ्ने बताउंदै नेता क्षेत्रीले भने नेपाली कम्युनिष्ट पार्टीमा लागेका ७० प्रतिशत कार्यकर्ताले नेपाली कम्ुनिष्ट पार्टी छोड्छन र प्रगतिशील लोकतान्त्रिक पार्टीमा लाग्छन् । 
रुपन्देहीलगायत विभन्न जिल्लाबाट रास्वपाका नेता तथा कार्यकर्ता पनि पार्टी परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा आउने बामदेव क्षेत्रीले बताए । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा नगएका माओवादीका चार केन्द्रिय सदस्यहरु र लुम्बिनी प्रदेश कार्यालय सचिव यज्ञ पोखरेल, लुम्बिनी प्रदेश समितिका सदस्य कृष्ण भण्डारी, भक्तबहादुर पुनले प्रचण्ड नेतृत्व नेपाली कम्युनिष्ट पार्टीमा नीतिगत बिचलन र राजनीतिक रुपले स्पष्ट नभएको आरोप लगाएका छन् ।
हिजोका दिनमा डा.बाबुराम भट्टराई निकट भएर काम गरेका बामदेव क्षेत्री बाबुरामका दाइने हात मानिन्थे । केहै समय बाबुरामको साथ छोडेका बामदेव क्षेत्री डा. बाबुराम भट्राईसंग जोडिएका छन् । पार्टीमा काम नगर्ने, पार्टीको नीती तथा कार्यक्रम भन्दा आफुलाई माथि राख्ने क्षेत्री बैचारिक रुपमा स्खलित हुंदै गएको तत्कालिन माओवादी केन्द्रका एक नेताले आरोप लगाए ।
प्रचण्डले देशका मुख्य शहरमा एकता सभा गर्दै हिडेको बेला बामदेव क्षेत्रीसहितको टिम प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेपछि लुम्बिनीमा प्रचण्ड, माधव, झलनाथ, बामदेव गौतमहरुलाई लुम्बिनीमा धक्का लाग्न सक्ने राजनीतिक कर्मीहरुले अनुमान गरेका छन् ।






















