हनुमन्ते खोलाले ग्याँसको बुलेट बगायो


काठमाडौँ । काठमाडौँ उपत्यका अतिवृष्टिको चपेटामा परेको छ। धेरै ठाउँ डुबानमा परेको छ। सोही क्रममा भक्तपुरको हनुमन्ते खोलाले ग्याँस बुलेट बगाएको छ। भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको पाइएको छ।

ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् । उनीहरुले अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको बताएका छन्। बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयले बताएका छन् ।
प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ। खोलाले बगाएर ल्याएको ग्यास बुलेट यति बेला ललितपुरस्थित च्यासल एमाले पार्टी अफिस नजिकै पुलमा अड्किएको छ । त्यस क्षेत्र मा प्रहरी परिचालन गरिए पनि पुलमा अड्किएको ग्यास बुलेट निकाल्न समस्या देखिएको छ। हनुमन्ते खोलाले बगाएर ल्याएको बुलेट अड्किएको र ग्यास चुहिरहेको छ।























