नेकपा एमाले केन्द्रीय कार्यालय डुबानमा

काठमाडौँ । ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय डुबानमा परेको छ । मनोहरा तथा बागमती नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको हो। साथै एन्फा खेल मैदानसमेत डुबानमा परेको छ ।

मनोहरा नदीमा आएको बाढी वरपरका घरहरू पनि डुबानमा परेका छन् । बाढी सडक, घर र कार्यालयभित्र पसेपछि त्यहाँ मानिसहरू जान सकेका छैनन्।
भारी वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा पानीको बहाव अत्यधिक बढेको छ ।