सुस्तामा हाईअलर्ट, दुई सय घर डुबानमा


बुटवल । नवलपरासी बर्दघाट सुस्ता पश्चिमका दुई घर डुबानमा परेका छन् । अविरल बर्षाका कारण नारायणी नदिमा बढ्दै गएको बहावले यतिबेला नेपाल भारत सीमा विवादमा रहेको नेपाली भूमि दशगजा क्षेत्र उच्च जोखिममा परेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैयसवालले जानकारी दिएका छन् । ३ ठाउँको बाँध फुटेको छ । थारुगाउँको उत्तरतिरको बाँध, शिव मन्दिर र झोलुङ्गे नजिकको पाँच नम्बरको बाँध फुटेको छ । उनले भने, त्यो पानी गाउँतिर सोँझिएको छ । अहिले नै अवस्था नाजुक छ, रातिमा पानी थपियो भने यहाँको अवस्था कल्पनाभन्दा बाहिरको हुनसक्छ ।

अहिले रातिको समयमा हामीलार्ई विद्युतले धेरै राहत गरेको छ । अन्धकार हुन्थ्यो भने झन गाह्रो हुन्थ्यो । उज्याले भएका कारण सुरक्षित ठाउँमा जान सजिलो भएको छ । घरदेखि बाहिर निस्कन सक्ने अवस्था छैन्, पानीको मात्रा बढ्दै गएको छ, फोनले पनि त्यति काम गरेको छैन् हामीहरले घरका छत र अग्ला ठाउँमा गएर बस्न आग्रह गरिरहेका छौं प्रवक्ता जैयसवालले भने । आज रातभरि जागाराम बस्नुपर्ने अवस्था छ ।
सु्स्ता प्रहरी चौकीका अनुसार गाउँभरी पानी छ । पानी पसेर केही घरहरु ढलेका छन् । हालसम्म मानवीय चौपाया क्षति भएको छैन् । हामीहरु स्थानीयहरुलाई सूरक्षित स्थानमा बस्न र सचेत रहन भन्दै खटेका छौं ।

यता लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सूचना अधिकारी गंगाधर पाण्डेलाई सुस्ताको बारेमा थप जानकारी लिन र दैवीय प्रकोप सुरक्षा व्यवस्थापनको तयारी के छ भनेर सम्पर्क गर्दा सम्पर्क हुन सकेन । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आफु सुस्ताको बारेमा आसो लिएको बताउँदै निरन्तर सम्पर्कमा रहेको बताएका छन् । हामीले प्रहरी शसस्त्र प्रहरीलाई हाइअलर्टमा बस्न भनेका छौं । थप अवस्था गम्भीर हुने भएमा गृह मन्त्रालयलाई जानकारी गराएर उद्धारमा खटिने बताए ।






















